Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

जाडोमा चिया कि कफी ? स्वास्थ्यका लागि कुन बढी फाइदाजनक ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाडोमा चिया कि कफी ? स्वास्थ्यका लागि कुन बढी फाइदाजनक ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जाडो बढेसँगै तातो चिया र कफीको चुस्की लिनेहरूको संख्या पनि बढ्न थालेका छन् । बिहानको चिसोमा होस् वा साँझको सिरेटोमा, एक कप तातो चिया वा कफीले शरीरलाई न्यानो बनाउनुका साथै थकान र आलस्य कम भएको अनुभूति गराउँछ । कतिपयका लागि चिया दिनको सुरुवात हो भने कफी काम गर्ने ऊर्जा जुटाउने माध्यम । तर, स्वास्थ्यका दृष्टिले चिया र कफीमध्ये कुन राम्रो ? विज्ञहरूका अनुसार दुवै पेय पदार्थका आ–आफ्नै फाइदा छन् । कफीले बढाउँछ एकाग्रताकफीमा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँदै निद्रा र थकानको अनुभूति कम गर्छ । नियमित र सीमित मात्रामा कफी सेवन गर्दा टाइप–२ मधुमेह, पार्किन्सन रोग तथा कलेजोसम्बन्धी केही रोगको जोखिम कम हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । कफीमा पाइने एन्टिअक्सिडेन्टले पनि शरीरलाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्छ । चियामा छन् एन्टिअक्सिडेन्टचिया, विशेषगरी ग्रिन टीमा क्याटेचिन र ईजीसीजी (इजिसिजि) जस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् । यी तत्वले कोषलाई क्षतिबाट जोगाउन सहयोग गर्छन् । केही अध्ययनले नियमित चिया सेवनले मुटुको स्वास्थ्य, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएका छन् । चियाले मस्तिष्कको स्वास्थ्यमा पनि फाइदा पुर्‍याउन सक्ने अनुसन्धान भइरहेको छ । क्याफिनमा कफी अगाडिसामान्यतया एक कप कफीमा ८०–१०० मिलिग्राम क्याफिन हुन्छ भने कालो चियामा ३०–५० र ग्रिन टीमा २०–४५ मिलिग्रामसम्म पाइन्छ । त्यसैले तत्काल सतर्कता र एकाग्रता बढाउन कफी प्रभावकारी हुन सक्छ । तर, धेरै क्याफिन सेवन गर्दा मुटुको धड्कन बढ्ने, बेचैनी हुने र निद्रामा समस्या आउने जोखिम हुन्छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार अधिकांश स्वस्थ वयस्कले दैनिक ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन् । गर्भवती महिलाका लागि भने दैनिक २०० मिलिग्रामभन्दा बढी क्याफिन नलिन सुझाव दिइन्छ । यी कुरामा ध्यान दिनुहोस्जाडोमा चिया र कफी पिउने बानी बढ्दा त्यसमा मिसाइने चिनीको मात्रामा पनि ध्यान दिनुपर्छ । धेरै चिनी र क्रिमले अनावश्यक क्यालोरी बढाउन सक्छ । त्यस्तै, अत्यधिक तातो पेय पदार्थ पिउनु पनि स्वास्थ्यका लागि राम्रो होइन । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान निकायका अनुसार ६५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका पेय पदार्थ नियमित सेवन गर्दा अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्छ । स्वास्थ्यका दृष्टिले चिया वा कफीमध्ये एउटालाई सबैका लागि उत्तम भन्न सकिँदैन । कफीले एकाग्रता बढाउन सहयोग गर्छ भने चियामा पाइने एन्टिअक्सिडेन्टले स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छन् । त्यसैले आफ्नो स्वास्थ्य अवस्था र क्याफिन सहन सक्ने क्षमताअनुसार दुवै सेवन गर्न सकिन्छ । जाडोमा तातो चिया वा कफीको आनन्द लिनुहोस्, तर मात्रा मिलाएर र कम चिनी प्रयोग गरेर । स्वादसँगै स्वास्थ्यको ख्याल राख्नु नै सबैभन्दा राम्रो विकल्प हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो
Latest NewsJust now

हिमाली जिल्ला म्याग्दीमा छठ पर्व मनाइयो

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले बिहीबार साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको ...

केन्द्रबिन्दु
छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल
Latest NewsJust now

छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल

• सभामुख डोलप्रसाद अर्यालले छठ पर्वको संस्कृतिलाई जोगाउन र विश्वभर फैलाउनुपर्ने धारणा व्यक्त गरे। • उनले छठ पर्वले नेपाली समाजमा एकता, विश्वास र सहिष्णुतालाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेलेको बताए। • मधेस प्रदेशका दाजुभाइ र दिदीबहिनीलाई छठ पर्वको शुभकामना दिँदै सांस्कृतिक सद्भावको सन्देश फैलाउनुपर्ने आवश्यकता औंल्याए। ...

नेपालबहस
झिलिमिली बत्तीले झकिझकाउ गौरीघाट, तस्बिरहरू
Latest NewsJust now

झिलिमिली बत्तीले झकिझकाउ गौरीघाट, तस्बिरहरू

काठमाडौँ। छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ। छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना... ...

रातोपाटी
मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन
Latest NewsJust now

मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन

• मुक्तिनाथधामको रथयात्रा दाङ आइपुगेको छ, जुन कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको थियो। • रथलाई अम्बिकेश्वरी मन्दीरमा पूजा गर्ने अवसरमा राखिएको थियो र त्यसपछि पाण्डबेश्वर महादेवको मन्दिरमा पुर्‍याइएको छ। • रथलाई भोली गजेन्द्रमोक्ष धाममा पुर्‍याइने र त्यहाँ एक महिनासम्म नाराणण भगवानको महायज्ञ सञ्चालन गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play