Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जहाँ बालुवा–गिट्टी कुटेर बिताइन् बाल्यकाल, त्यहीँ शिक्षामन्त्री लिएर पुगिन् सिता बादी
Photo / Coverage: पर्दाफास

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादी आफ्नो बाल्यकाल बिताएको सुर्खेतस्थित झुप्रा खोलामा शिक्षामन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन् । शनिबार बेलुका जन्मभूमि पुगेकी मन्त्री बादीले कुनै समय आफूले बालुवा–गिट्टी कुटेर जीवन बिताएको बस्तीका स्थानीयसँग भेटघाट गर्दै उनीहरूका समस्या र आवश्यकताबारे शिक्षामन्त्री पोखरेललाई जानकारी गराएकी हुन् । भेटघाटका क्रममा स्थानीयले विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारको समस्या उठाएका थिए । बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि वैकल्पिक रोजगारीको अभावमा जीविकोपार्जन गर्न कठिन भएको उनीहरूको गुनासो थियो । त्यस्तै, जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट वञ्चित भएको विषयमा पनि मन्त्री बादीले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । भेटका क्रममा स्थानीय महिलाको आर्थिक अवस्था सुधारका लागि सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम सञ्चालन गर्ने जानकारी दिइन् । आफूले बाल्यकालमा सङ्घर्ष गरेको बस्तीका समस्या राज्यका जिम्मेवार निकायसम्म पुर्‍याउने उद्देश्यले भ्रमण गरिएको मन्त्री बादीले बताइन् । उनले बालबालिकाको शिक्षामा पहुँच, महिलाको आत्मनिर्भरता र स्थानीयको सम्मानजनक जीवनयापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्मा पनि सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियामा नेपालीको संख्या २ लाख १३ हजार नाघ्यो, एक दशकमा पाँच गुणाले वृद्धि
OthersJust now

अस्ट्रेलियामा नेपालीको संख्या २ लाख १३ हजार नाघ्यो, एक दशकमा पाँच गुणाले वृद्धि

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको जनसंख्या एक दशकको अवधिमा झन्डै पाँच गुणाले वृद्धि भएको छ । ...

अनलाइन खबर
यामाहाको नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
OthersJust now

यामाहाको नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

१३ मंसिर, काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक गर्न आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो । कार्यक्रममा फरक–फरक व्यक्तित्व र शैली झल्काउने गरी सजाइएका फ्यासिनो… ...

अनलाइन खबर
काठमाडौंबाट सुर्खेत उडेको जहाज नेपालगञ्जमा अवतरण
OthersJust now

काठमाडौंबाट सुर्खेत उडेको जहाज नेपालगञ्जमा अवतरण

यो विमानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत सवार थिए । ...

अनलाइन खबर
घरेलु मैदानमै रियल मड्रिडको हार, बेलिङहमलाई रातो कार्ड
OthersJust now

घरेलु मैदानमै रियल मड्रिडको हार, बेलिङहमलाई रातो कार्ड

१३ मंसिर, काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमै अलाभेससँग २–१ ले पराजित भएको छ । यससँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर गुमाएको छ । सान्टियागो बर्नाबेउमा आइतबार भएको खेलमा अलाभेसका लागि टोनी मार्टिनेजले २२औं र एन्जेल पेरेजले ६१औं मिनेटमा गोल गरे । रियलका किलियन एम्बाप्पेले ६९औं मिनेटमा एक गोल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement