Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन् । टर्कीको तटीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मध्यबिन्दुमा पुगेका बेला शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कठिन विषयहरूमा तत्काल छलफल अघि बढाउन र रणनीतिक ढिलाइ नगर्न सबै पक्षलाई आह्वान गरे । स्टिलले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सहमति कायम गर्न सबै सहभागी राष्ट्रले लचकता अपनाउँदै आपसी समझदारी र सहकार्य गर्नुपर्ने बताए । उनका अनुसार वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु चुनौतीपूर्ण भए पनि साझा लक्ष्य हासिल गर्न त्यस्तो प्रयास आवश्यक छ । सबै पक्षको सम्झौता र सहकार्यबिना सामूहिक सफलता सम्भव नहुने उनको भनाइ थियो । उनले कोप–३१ मा जलवायु परिवर्तनसँग सम्बन्धित व्यावहारिक पहलहरूले गति लिइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार, हरित उद्योग तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा ठोस काम अघि बढाउनुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी नीति र अन्तर्राष्ट्रिय सम्झौतामा मात्र सीमित नराखी विश्वभरका अर्बौं मानिसको दैनिक जीवनसँग जोड्नुपर्ने पनि स्टिलले बताए। यसका लागि खेलकुद, मनोरञ्जन र संस्कृतिजस्ता लोकप्रिय क्षेत्रलाई जलवायु सचेतना तथा समाधानको माध्यम बनाउन सकिने उनको धारणा थियो । उनले जलवायु परिवर्तनका असर र समाधानलाई नागरिकका प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्ने उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारीका अवसर तथा सस्तो र भरपर्दो ऊर्जालाई यस अभियानको केन्द्रमा राख्नुपर्ने बताए । सोमबारदेखि सुरु भएको कोप–३१ सम्मेलन नोभेम्बर २० सम्म सञ्चालन हुनेछ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यान्वयनमा रूपान्तरण गर्नु हो । विशेषगरी विकासशील राष्ट्रका लागि जलवायु वित्तको विस्तार, जलवायु अनुकूलनका कार्यक्रम तथा स्वच्छ ऊर्जातर्फको संक्रमणलाई सम्मेलनले प्राथमिकता दिएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन
Latest NewsJust now

जनकपुरबाट अमरेशको मेची–महाकाली यात्रा, रविले गरे उद्घाटन

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच रास्वपा सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले अमरेशको पदयात्रा उद्घाटन गरेका हुन्। ...

नेपालन्युज
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति
Latest NewsJust now

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रूपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ । अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रूपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक ...

टक्सार
झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै
Latest NewsJust now

झापामा मृत भेटिएका यशुको शव परिवारले बुझे, मोबाइल परीक्षण गरिँदै

काठमाडौं । झापामा मृत भेटिएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने योगेन्द्र खतिवडाको शव परिवारले बुझेका छन् । आइतबार कनकाई नगरपालिका वडा नम्बर–३ स्थित आफ्नै घरको दोस्रो तलामा उनी झुन्डिएको अवस्थामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play