Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जर्ज मुन्से सुदूरपश्चिम रोयल्सबाट प्लेअफका खेल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जर्ज मुन्से सुदूरपश्चिम रोयल्सबाट प्लेअफका खेल खेल्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्कटल्यान्डका आक्रामक ओपनर जर्ज मुन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई एनपीएलका बाँकी खेलका लागि टोलीमा अनुबन्ध गरेको हाे । मुन्सेले यसअघि एनपीएलको दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए । सुदूरपश्चिमका अर्का स्कटिस खेलाडी ब्रान्डन म्याकमुलेन भने स्वदेश फर्किसकेका छन् । लिग चरणमा सातमध्ये पाँच खेल जित्दै १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिमले यसअघि दुई संस्करणमा फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । यसपटक मुन्सेको आगमनसँगै टोली उपाधि जित्ने लक्ष्यमा हुनेछ । आक्रामक ब्याटिङका लागि परिचित मुन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयमा तीन शतकसहित २ हजार ७ सय ७७ तथा टी–२० अन्तर्राष्ट्रियमा तीन शतकसहित २ हजार ५ सय ९८ रन बनाएका छन् । समग्र टी–२० करिअरमा १३३ खेल खेलेका उनले ३ हजार ६ सय ९८ रन बनाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
Latest NewsJust now

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमानस्थबाट पक्राउ परेका हुन्। विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो।  त्यसपछि जाँच गर्दा अन्डरवेयरमा प्लास्टिकले बेरेको अवस्थामा सुन जस्तो देखिने पह... ...

नेपालखबर
दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने
Latest NewsJust now

दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने

काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट संशोधन गरिएको विधानमा पार्टीका विभिन्न तहका... ...

रातोपाटी
न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ
Latest NewsJust now

न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ

लोकतन्त्र केवल आवधिक निर्वाचन, सरकार गठन र राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट मात्र संस्थागत हुँदैन । लोकतन्त्रको वास्तविक आधार स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानव अधिकारको संरक्षण र राज्यका सबै निकायको संवैधानिक जबाफदेहिता... ...

रातोपाटी
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं, कात्तिक ३० गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार पारेको विधेयकमा सरोकारवालाहरुले थप सुधारको आवश्यकता औंल्याएका छन् । महिला, कानुन र विका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play