Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने
Photo / Coverage: टक्सार

काठमाडाैँ । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ । रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण शुरु गरिने भएको छ । रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबिचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ । जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास व्यवसायीले गरेका छन् । विशेषगरी अयोध्यामा रामको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुरधामसम्म ल्याउन रेल सेवाले महत्वपूर्ण भुमिका खेल्ने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । उनले रेल सेवा सञ्चालनले जनकपुरको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । वर्षौंदेखि प्रतीक्षा गरिएको रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबिचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको उनको भनाइ छ । महासेठका अनुसार रेल सेवा सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढ्ने, बजार तथा व्यवसाय चलायमान हुने र स्थानीय अर्थतन्त्रले गति लिनेछ । तर यात्रुवाहक रेल सञ्चालनसँगै मालवाहक रेल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ । महासेठकाअनुसार आफू जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा नै रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालसामान ढुवानीका लागि छुट्टै रेल सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखिएको थियो । त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने स्थानबारे समेत छलफल भएको थियो । तर त्यसको प्रगति अहिले कहाँ पुगेको छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनले बताए । मालवाहक रेल सञ्चालन हुनसके आयात लागत उल्लेख्य रूपमा घटाउन सकिने महासेठको भनाइ छ । अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रूपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको भन्दै उनले रेलमार्फत ढुवानी गर्नसके उक्त खर्च प्रतिकिलो तीन रूपैयाँसम्म झार्न सकिने बताए । त्यसैले यात्रुवाहक सेवासँगै मालवाहक रेल र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । यता रेल्वे कम्पनीले पनि सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ । कम्पनीका प्रवन्ध सञ्चालक परिवेश पराजुलीकाअनुसार रेल सेवा सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ भने प्राविधिक जाँचसमेत अगाडि बढाइएको छ । उनकाअनुसार अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको छैन । सञ्चालन प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ । रेल्वे, भन्सार, सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायबिच समन्वय र आवश्यक निर्णय गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । पराजुलीले प्राविधिक परीक्षणका लागि भोलिदेखि ट्रायल रन सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । यद्यपि रेल सेवा सञ्चालन हुने निश्चित मिति भने तय भइसकेको छैन । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सेवा शुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए । अयोध्यामा पछिल्लो समय ठूलो संख्यामा पर्यटक पुगिरहेको उल्लेख गर्दै पराजुलीले त्यहाँबाट सिधै रेलमार्फत जनकपुर आउने व्यवस्था भए भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सकिने बताए । रामको दर्शन गर्न अयोध्या पुग्ने पर्यटकले सीताको जन्मस्थल जनकपुरधामको समेत दर्शन गर्ने उनको भनाइ छ । जनकपुर–अयोध्या रेल कनेक्टिभिटीलाई धार्मिक पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा मात्र नभई दुई देशबिचको व्यापारिक सम्बन्ध र आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रमुख अनुसन्धान अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
Latest NewsJust now

प्रमुख अनुसन्धान अधिकृतविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

गोरखापत्र अनलाइन काठमाडौँ, कात्तिक १८ गते । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप ल... ...

गोरखापत्र
परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता
Latest NewsJust now

परराष्ट्र सचिव राई र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिस्रीबिच द्विपक्षीय वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबिच उच्चस्तरीय... ...

रातोपाटी
१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको योग्यता नपुगेको चौधरीको मुद्दा अझै सर्वोच्चमा
Latest NewsJust now

१४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको योग्यता नपुगेको चौधरीको मुद्दा अझै सर्वोच्चमा

काठमाडौँ । नेपाली कांग्रेसको गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट उद्योगपति विनोद चौधरी समावेशी कोटामा उपसभापति निर्वाचित भए । कांग्रेसको समावेशी उपसभापति पदमा चौधरीले १ हजार... ...

रातोपाटी
अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?
Latest NewsJust now

अमेरिकामा डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्पको अवस्था के हुन्छ ?

अमेरिकामा व्यापार, परराष्ट्र र सुरक्षाजस्ता विषयमा कार्यकारी अधिकार राष्ट्रपतिलाई हुन्छ । तर, उनका निर्णयलाई चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्सँग हुन्छ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play