काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्गसले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले ब्याटिङको निम्तो पाएको हो । प्रतियोगितामा जनकपुर र विराटनगर दुवै टोलीले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । हालसम्मको अंक तालिकामा विराटनगरभन्दा जनकपुरको अवस्था बलियो देखिन्छ ।तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकोलको जनकपुर चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यता तीनमध्ये केवल एक खेलमा जित र दुई खेलमा हारबाट दुई अंक बटुलेको विराटनगर भने तालिकाको छैटौँ स्थानमा छ ।
जनकपुरविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






