काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सका ब्याटर इमरान शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि १२ ओभरको समाप्तिमा टिमको स्कोर १ विकेटको क्षतिमा १०२ रन पुगेको छ। इमरान शेखले ४० बलमा ५ चौका र २ छक्काको मद्दतले ५३ रन बनाएर क्रिजमा अविजित रहेका छन्। उनका साथमा अर्का ब्याटर लोकेश बम ३० बलमा ३ चौका र ३ छक्कासहित ४४ रन बनाएर खेलिरहेका छन्।
जनकपुरविरुद्ध इमरानको अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






