Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
Photo / Coverage: टेक्नोलोजी खबर

धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो। गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो। उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको जानकारी दिए। पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ। यस व्यवस्थाले विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय र खर्च व्यवस्थापन गर्नुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ।-रासस The post जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूएसबी-सी केबल वाटरप्रुफ छ कि छैन भनेर कसरी थाहा पाउने? यस्तो छ तरिका
TechnologyJust now

यूएसबी-सी केबल वाटरप्रुफ छ कि छैन भनेर कसरी थाहा पाउने? यस्तो छ तरिका

केही यूएसबी-सी केबल वाटरप्रुफ हुन्छन्, तर कुन केबल वाटरप्रुफ हो भनेर पहिचान गर्न जान्नुपर्छ। अमेजनलगायत अनलाइन स्टोरमा यस्ता केबल सजिलै उपलब्ध छन्। इन्ग्याजेटका अनुसार पानीबाट कनेक्टरलाई जोगाउन यस्ता केबलमा विशेष सिल राखिएको हुन्छ। बजारमा मेल, फिमेल र एङ्गल्डलगायत विभिन्न प्रकारका केबल पाइन्छन्। तर के यी सिलहरूले वास्तवमै पानीबाट सुरक्षा दिन्छन्? इन्टरनेसनल इलेक्ट्रोटेक्निकल कमिसन (आईईसी) ले आईईसी ६०५२९ मापदण्ड विकास गरेको छ। यो ...

टेक्नोलोजी खबर
महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य
TechnologyJust now

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

१७ कात्तिक, काठमाडौं। ग्राहकहरुको आवश्यकता सुविधा र सन्तुष्टीलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने […] The post महालक्ष्मी ...

आइसिटी फ्रेम
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण
TechnologyJust now

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण

१७ कात्तिक, काठमाडौं। बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो। स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले नुवाकोटको बट्टार शाखा बागमती प्रदेश, नुवाकोट जिल्ला, विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याएको छ। बट्टार शाखा यसअघि सञ्चालनमा रहेको […] The post नुवाकोटको ...

आइसिटी फ्रेम
गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार
TechnologyJust now

गोलीपीडित आदित्य पासवानको स्वास्थ्यमा सुधार: नेशनल मेडिकल कलेजमा जटिल शल्यक्रिया र निःशुल्क उपचार

१७ कात्तिक, काठमाडौं। बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर जीवनमरणको अवस्थामा पुगेका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । गम्भीर घाइते बालकको जीवनरक्षामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले गरेको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया र सघन उपचार महत्वपूर्ण साबित भएको छ । अस्पतालले बालकलाई प्रदान गरेका सम्पूर्ण उपचार सेवा […] The post गोलीपीडित आदित्य ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play