जनकपुरमाथि कर्णाली याक्स १९ रनले विजयी

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । कर्णालीले दिएको १३३ रन पछ्याएको जनकपुरले १९.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । जनकपुरका लागि अभिषेक तिवारीले सर्बाधिक २० रन बनाए भने कप्तान हरमित सिंह र मोईन अलीले १९१९- रन बनाएका थिए । त्यस्तै जिम्मी निशामले १५ र मयन यादवले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर उनीस ठकुरी र हुसैन तलतले ३-३ विकेट लिए भने नन्दन यादवले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले सर्बाधिक ४३ रन बनाए भने पवन सराफले ३७, दीपक धामीले १३ र गुलशन झाले १२ रन बनाएका थिए । त्यसैगरी जनकपुर बोल्ट्सका बलर हरमित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २-२ तथा ललित राजबंशीले एक विकेट लिएका थिए । अब एनपीएल अन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । The post जनकपुरमाथि कर्णाली याक्स १९ रनले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जहाँ गुरुहरू कुटिन्छन्
विद्याको पवित्र मन्दिरभित्र पसेर गुरुलाई गालीगलौज गर्दै कुटपिट गर्न तम्तयार हुने कस्तो समाज र मानसिकता निर्माण गर्यौं हामीले? ...

क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
काठमाडौँ । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ । यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट... ...

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप
निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ । ...

म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको... ...


