Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाममा मनाइयो हनुमान जयन्ती
Photo / Coverage: लुम्बिनी सञ्चार

जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाइरहेका बेला जनकपुरधाममा शनिबार हनुमान जयन्ती मनाइएको छ। हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ। यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकाली नगर परिक्रमा गरेको थियो। शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो। सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीहरूको घरघरमा पूजिने देवता रहेको र उहाँको जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राले सनातन संस्कृति संरक्षणमा बल पुर्‍याउने बताए। परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चक पर्वकै बीच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा भगवान् हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागिएको बताए। उनका अनुसार परिषद्ले विगत २० वर्षदेखि हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यता, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। भगवान् हनुमानको पूजाअर्चना तथा मन्त्र–स्तोत्र पाठ गर्नाले शुभ फल प्राप्त हुने, शनिग्रहको दोष नलाग्ने तथा भूतप्रेत–पिशाचको दुःख नहुने जनविश्वास रहेको छ। हनुमानको पूजा गरेमा वैवाहिक सुख प्राप्त हुने र पति–पत्नीबीचको कलह हट्ने विश्वाससमेत रहँदै आएको छ। चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीका रूपमा व्याख्या गरिए पनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई समेत हनुमान जयन्तीका रूपमा लिइने गरिन्छ। शास्त्रमा यस विषयमा मतैक्य नभएकाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्मदिवस मनाउने गरिन्छ। यद्यपि वायु पुराण आदिका अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन मनाइने हनुमान जयन्ती बढी प्रचलित छ। पहिलो जन्मदिवस र दोस्रो विजय अभिनन्दन महोत्सवका रूपमा लिइने गरिन्छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मादलको व्यापार सङ्कटमा
Latest NewsJust now

मादलको व्यापार सङ्कटमा

नवीन गुरुङ सङ्खुवासभा, कात्तिक २२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा लाग्ने बुधबारे र शनिबारे साप्ताहिक हाटबजारमा मादलको आवाज निकै बाक्लो सुनिन थालेको छ । त... ...

गोरखापत्र
सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो
Latest NewsJust now

सहारा मरुभूमिमा भेटिएको उल्कापिण्डले ४ अर्ब १० करोड वर्षअघिको मंगल ग्रहको अवस्था उजागर गर्‍यो

पृथ्वीमा अहिलेसम्म फेला परेका सबैभन्दा पुराना मंगलग्रहका चट्टानमध्ये एकको पहिचान गरिएको छ । अफ्रिकाको सहारा मरुभूमिमा भेटिएको उक्त उल्कापिण्डले रातो ग्रह मंगलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको वैज्ञानिक निष्कर्ष... ...

रातोपाटी
हङकङ र दुबईमा सयपत्री फूल निर्यात
Latest NewsJust now

हङकङ र दुबईमा सयपत्री फूल निर्यात

शालिग्राम नेपाल चितवन, कात्तिक २२ गते । पूर्वी चितवनको पदमपुरका गोविन्द बाँस्तोलाको परिवारले व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्न थालेको सात वर्ष भयो । कोरोना महामारीका कारण रोजग... ...

गोरखापत्र
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते
Latest NewsJust now

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली चलाएका थिए । घटनामा चार महिला र दुई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play