Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण
Photo / Coverage: पर्दाफास

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ ।

यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।

उनकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने अझै पूरा भइसकेको छैन ।

रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया जारी रहने र ती सबै प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए ।

प्रश्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेशनबाट यात्रु चढाएर अयोध्यासम्म पर्‍याउने योजना रहेको पराजुलीले जानकारी दिए । जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका शहर हुन् ।

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान रामको जन्मभूमिका रूपमा लिने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यद्यपि, रेल सेवा सञ्चालनको मिति र नियमित सेवा शुरु हुने समय भने प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्रै टुङ्गो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती
OthersJust now

लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

रुपन्देही । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आ नि छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन् । नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका […] ...

मकालु खबर
ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा
OthersJust now

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो… ...

अनलाइन खबर
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’
OthersJust now

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । ...

अनलाइन खबर
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी
OthersJust now

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड पोखराबाट सुरु भइ मुस्ताङसम्म पुगेको थियो। पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play