जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो। जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवन रक्षाको महत्त्वपूर्ण माध्यम बन्दै आएको छ। मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। The post जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...


