Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जग्गा प्रशासनका सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट सञ्चालन गर्ने प्रधानमन्त्री साहको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जग्गा प्रशासनका सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट सञ्चालन गर्ने प्रधानमन्त्री साहको घोषणा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १६ । प्रधानमन्त्री बालेन्द्र साहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट जग्गा प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको बताउनुभएको छ । उहाँले फेसबुक स्ट्याटसमा लेख्नुभएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो ।” प्रधानमन्त्री साहका अनुसार यही अवधारणालाई आत्मसात् गर्दै सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागेको हो । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्थाबमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ । हालसम्म देशका विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले बाँकी रहेका सम्पूर्ण स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, “यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरूबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ । यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री साहले यस पहलबाट स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै, जग्गासम्बन्धी सेवा लिन नागरिकले टाढा पुग्नुपर्ने बाध्यता अन्त्य हुँदै भूमि प्रशासन तथा नापी कार्यालयका सेवाहरू नागरिकको थप निकट, सरल र सहज हुने उहाँको भनाइ छ । “नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरू नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सीमित गर्ने कानुनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ,” प्रधानमन्त्री साहले आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नुभएको छ । सरकारको यो निर्णय कार्यान्वयनमा आएमा जग्गा नामसारी, दर्ता तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा केन्द्रका कार्यालय धाउनुपर्ने नागरिकको बाध्यता हट्ने छ । ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने सङ्घीयताको मूल अवधारणालाई व्यवहारमै उतार्ने सरकारको यो घोषणाको वास्तविक प्रभाव भने आगामी एक महिनाभित्र सबै स्थानीय तहमा सेवा सञ्चालन हुन सके–नसकेको आधारमा मूल्याङ्कन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी
PoliticsJust now

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी

खाना पकाउने एलपी ग्यासको आपूर्तिमा पटकपटक समस्या देखिन थालेपछि नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने उद्देश्यले निगमले यस्तो नीति अघि सारेको हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउन ...

फरकधार
विवादित न्यायाधीशविरुद्ध कानुनी उपचारको विकल्प खोज्दै रास्वपा, महाभियोगसम्मै पुग्ने रविको तयारी
PoliticsJust now

विवादित न्यायाधीशविरुद्ध कानुनी उपचारको विकल्प खोज्दै रास्वपा, महाभियोगसम्मै पुग्ने रविको तयारी

काठमाण्डु- बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा भएको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) न्यायाधीशविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेको छ। न्यायालयभित्र देखिएका विकृति र बिचौलियासँग न्यायाधीशको सम्पर्कको विषयलाई गम्भीर रूपमा लिएको रास्वपाले अब संसद्बाटै यसको निराकरण खोज्ने तयारी गरेको हो। पार्टीभित्र सभापति रवि लामिछानेले […] ...

काठमाण्डुपाटी
पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग
PoliticsJust now

पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग

पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन ...

फरकधार
पत्रकार पक्राउमा सरकार बेनकाब : आदेश कसको, जिम्मेवारी कसले लिने ?
PoliticsJust now

पत्रकार पक्राउमा सरकार बेनकाब : आदेश कसको, जिम्मेवारी कसले लिने ?

काठमाडौं, कात्तिक १६ । शुक्रबार प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गर्‍यो। नेपाल प्रेसको कार्यालयमा भएको उक्त घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठायो। त्यतिमात्र होइन, नयाँ पत्रिकालगायतका सञ्चारगृहमा समेत प्रहरी पुगेर पत्रकारहरूलाई तर्साउने र धरपकड गर्ने प्रयास गरिएपछि सरकारको कार्यशैलीमाथि चौतर्फी आलोचना सुरु भयो। लोकतान्त्रिक व्यवस्थामा समाचार कक्ष पत्रकारको कार्यस्थल हो, प्रहरीको धरपकड गर्ने अखडा होइन। तर, शुक्रबारको ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play