Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ३४५औं बैठकले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। संस्थाको कात्तिक १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। हाल संस्थाको चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ। प्रस्तावित बोनस शेयरको मूल्य ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै नगद लाभांशतर्फ ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ। नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। यसअनुसार संस्थाले कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश प्रस्तावसँगै संस्थाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ। The post छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै
Latest NewsJust now

कमला पुल मङ्सिरदेखि सञ्चालन गर्ने तयारी, हुलाकी सडकको सीमाभित्रका संरचना हटाइँदै

जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको जनकपुरधामस्थित कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक सीमाभित्र निर्माण... ...

रातोपाटी
एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
Latest NewsJust now

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न... ...

रातोपाटी
एनपिएलमा नेपाली खेलाडीको दबदबा
Latest NewsJust now

एनपिएलमा नेपाली खेलाडीको दबदबा

काठमाडौं।काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुवाती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन्। यसअघिका संस्करणमा सुरुवाती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यस पटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play