काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गरोस् भनी कामना गरेका हुन् । छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै उनले ऋग्वेदमा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको सुन्दर स्तुति गरिएको स्मरण गरेका छन् । सन्देशमा उनले भनेका छन्, “वैदिक परम्परामा उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ ।” अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने सभापति थापाको विश्वास छ । उनले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने शुभकामना समेत दिएका छन् ।
छठ पर्वले प्रकृतिप्रतिको सम्मान र कृतज्ञताको भावना जगाउँछः सभापति थापा

Read Complete Original Article
Published originally on नेपालन्युज




_ny6gEZPI2v.jpg)
