Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ । पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताए। त्यस्तै, गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ । समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ । समितिले यस वर्षको तयारी लगभग पूरा भएको र छठ पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरू परिचालन गरिने जनाएको छ । यसैबीच, समितिका अनुसार यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न जान सक्ने चर्चा रहेको छ । उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरको अगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ । समितिले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको छ । जनकपुरधामका पोखरी तथा घाटहरूमा छठ पूजाका लागि भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ । नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ । The post छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनीले गुमायाे तेस्राे विकेट, राेहित पाैडेल १ रनमा आउट
Latest NewsJust now

लुम्बिनीले गुमायाे तेस्राे विकेट, राेहित पाैडेल १ रनमा आउट

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले दाेस्राे विकेट गुमाएकाे छ । लुम्बिनीका कप्तान राेहित पाैडेल ११ बलमा १ रन बनाएर आउट भएका छन्... ...

रातोपाटी
विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् न्यूनीकरण मुद्दा
Latest NewsJust now

विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् न्यूनीकरण मुद्दा

कतार, कात्तिक २६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई) लगायतक... ...

गोरखापत्र
नेपाल प्रिमियर लिग : कर्णालीद्वारा लुम्बिनीलाई १०६ रनकाे लक्ष्य
Latest NewsJust now

नेपाल प्रिमियर लिग : कर्णालीद्वारा लुम्बिनीलाई १०६ रनकाे लक्ष्य

• नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। • कर्णाली १०५ रनमा अलआउट भएको छ, जसमा सोमपाल कामीले २८ रन बनाए। • लुम्बिनी अंकतालिकामा तेस्रो स्थानमा रहेको छ र कर्णालीलाई प्लेअफमा पुग्नका लागि आजको खेल जित्न आवश्यक छ। ...

नेपालबहस
तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर
Latest NewsJust now

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ । दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का जुरीले ४१ वर्षीय मुस्तफा सेपाहभान्ड र ४६ वर्षीय फरहाद जाभादी मानेशलाई इरानी सरकारका लागि काम गरेको तथा विदेशी गुप्तचर निकायलाई सहयोग पुर्‍याएको अभियोगमा दोषी ठहर गरेका हो । यस मुद्दाका तेस्रा प्रतिवादी ५७ वर्षीय ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play