Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा
Photo / Coverage: पर्दाफास

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ । पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताए। त्यस्तै, गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ । समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ । समितिले यस वर्षको तयारी लगभग पूरा भएको र छठ पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरू परिचालन गरिने जनाएको छ । यसैबीच, समितिका अनुसार यस वर्ष प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न जान सक्ने चर्चा रहेको छ । उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरको अगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ । समितिले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको छ । जनकपुरधामका पोखरी तथा घाटहरूमा छठ पूजाका लागि भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ । नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शोकाकुल सुन्दरपुर
OthersJust now

शोकाकुल सुन्दरपुर

मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ को एउटै टोल सुन्दरपुर १३ जना र चालकसहित १४ जनाको मृत्यु भयो । उनीहरू काठमाडौंमा गर्थे तरकारी र फलफूलको व्यापार ...

अनलाइन खबर
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट
OthersJust now

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । ...

अनलाइन खबर
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन
OthersJust now

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा आज बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play