विराटनगर। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित टपरा अर्न घाटमा छठ पूजाको स्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साँझको छठ पूजा सम्पन्न भएपछि भक्तजनहरू घर फर्किएको समयमा पूजास्थलमा तोडफोड भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका-६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार तोडफोडबाट क्षति पुगेको पूजास्थललाई पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा फर्काइएपछि बिहानको पूजा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्द्र बहादुर खड्काले हाल उक्त क्षेत्रको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
छठ घाटमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज






