Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठपर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ: गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठपर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ: गगन थापा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिनुका साथै प्रकृतिप्रतिको सम्मान र जीवनप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको यस पर्वले आपसी सद्भाव र सामाजिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको बताएका छन्। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा समेत प्रतिबिम्बित हुने उनको भनाइ छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिको महत्त्व र जीवनप्रतिको कृतज्ञता स्मरण गराउने उनले बताएका छन् । यस पावन पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्दै थापाले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने कामना गरेका छन् । The post छठपर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ: गगन थापा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play