Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठपर्वमा आज खरना विधि गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठपर्वमा आज खरना विधि गरिँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शुक्रबार (हिजो) ब्रतालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् । पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई तराई, मधेशमा तथा मिथिला क्षेत्रमा सझिया घाटे भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ । यसलाई तराई, मधेश तथा मिथिलामा भिनहीया घाटे भनिन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, कसारसहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने परम्परा छ । यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, कसारसहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । The post छठपर्वमा आज खरना विधि गरिँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठीमाताको स्वरूप
Latest NewsJust now

छठीमाताको स्वरूप

मधेश र मिथिलाञ्चलको सबैभन्दा ठुलो सांस्कृतिक तथा धार्मिक पर्वमध्ये छठ एक हो । अब यो तराईमा मात्र सीमित छैन । दीपावली सकिएलगत्तै सुरु हुने यस पर्वमा नदी, पोखरी, तलाउ र जलाशयका किनार... ...

गोरखापत्र
आज पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, कात्तिक २८ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्ड... ...

गोरखापत्र
अमेरिकाभर हवाई उडान रोकिँदा ७ हजार उडान प्रभावित
Latest NewsJust now

अमेरिकाभर हवाई उडान रोकिँदा ७ हजार उडान प्रभावित

काठमाडौं । अमेरिकामा प्राविधिक समस्या देखिएपछि देशभरका हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरेपछि करिब ७ हजार उडान ढिला भएका छन् भने केही उडान रद्द भएका छन् । यसबाट न्यूयोर्क, वासिङ्टन र क्यालिफोर्नियासहित विभिन्न सहरका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार देशका २२ वटा हवाई यातायात नियन्त्रण ...

कर्पोरट खबर
इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु
Latest NewsJust now

इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहु

इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा फेरि आक्रमणका लागि मनाउन खोजिरहेका छन्। एक्सियोस र जेरुसेलम पोस्टका अनुसार यका लागि नेतन्याहुले गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन्। गोफम्यान शुक्रबार वासिङ्टन पुगेका छन्। त्यहाँ उनले सीआईए प्रमुख जोन रेटक्लिफसँग भेट गर्नेछन्। ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play