Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह
Photo / Coverage: अनलाइनपाना

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धालु भक्तजनलाई महँगा सुनका गहना लगाएर छठघाटमा नआउन आग्रह गरेको छ । पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । छठ पर्वमा नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा ठूलो संख्यामा भक्तजनको भीड हुने भएकाले चोरी, पाकेटमारी तथा गहना लुटपाटजस्ता अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरी उपरीक्षक भट्टराईले छठ पूजा गर्न घाटमा जाँदा अनावश्यक रूपमा महँगा सुनका गरगहना, नगद तथा बहुमूल्य सामान नलैजान आग्रह गरेका छन् । साथै आफ्ना बालबालिका तथा सामानको विशेष ख्याल राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन् । प्रहरीले छठ पर्वको अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी परिचालन गर्ने जनाएको छ । श्रद्धालु भक्तजनको सहयोग र सतर्कताले पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीको अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?
Latest NewsJust now

महँगो सावित हुँदै सस्तो प्रचार स्टन्ट : दर्शक तान्ने कि भड्काउने ?

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय दर्शकको ध्यान तान्न ‘प्रचार फन्डा’ अपनाउने चलन बढ्दो छ । तर, संवेदनशीलता र विषयवस्तु नबुझी गरिने यस्ता स्टन्टले फिल्मलाई फाइदाभन्दा घाटा पुग्ने गरेको... ...

रातोपाटी
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान बहराइनमा विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि […] ...

लोकपथ
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Latest NewsJust now

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट ...

नेपालन्युज
थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
Latest NewsJust now

थाइल्यान्डबाट ल्याएको २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, ए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play