Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ दिन्छन्
Photo / Coverage: पर्दाफास

छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् । छठ पर्वमा पूजाका सामग्री तथा अघ्र्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ । विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत पूजाका सामग्री बनाउँदै आएका छन् । मुस्लिम समुदायका व्यापारीले यस्ता सामग्री बजारसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् भने हिन्दू समुदायका व्रतालुले छठ पूजामा तिनै सामग्री प्रयोग गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् । छठ पर्वमा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । छिट्टामा फलफूल, प्रसाद तथा पूजाका सामग्री राखेर घाटसम्म पु¥याउने गरिन्छ । पुस्तौँदेखि डोम समुदायले यस्ता सामग्री निर्माण गर्दै आए पनि बजारमा पु¥याउने र उपभोक्तासम्म पु¥याउने काममा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ । छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता र समावेशिताको पर्वका रूपमा पनि लिइन्छ । एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्ने परम्पराले जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सहअस्तित्वको सन्देश दिन्छ । यसरी छठको एउटा छिट्टाले डोम समुदायको सीप, मुस्लिम समुदायको व्यापार र हिन्दू समुदायको आस्थालाई एउटै सांस्कृतिक परम्परामा जोडेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल
OthersJust now

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले… ...

अनलाइन खबर
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
OthersJust now

प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

ई.मास ५ ले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । ...

अनलाइन खबर
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो
OthersJust now

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र तिहारपछि तराई–मधेशमा छठ पर्वको माहोल घरआँगनमा भित्रिइसकेको उल्लेख गर्दै उनले यसपटकका चाडपर्वहरू उल्लासपूर्ण हुन नसकेको बरू लाखौं नेपालीका ओठमा… ...

अनलाइन खबर
छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा
OthersJust now

छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि दिनसमेत सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । यसअघि नेपाल सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play