नवलपरासी। गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले आफ्नो चौरासी पूजाको खर्चबाट मानव सेवा आश्रमलाई दुई लाख ६५ हजार रुपैयाँ सहयोग गरेकी छन्। आफ्नो चौरासी पूजाको अवसरमा श्रीमान्को स्मृतिमा उनले चितवनको भरतपुरस्थित आश्रममा आश्रितहरूको भोजन तथा सेवा व्यवस्थापनका लागि उक्त रकम सहयोग गरेकी हुन्। उनले आश्रमको आजीवन वार्षिक भोजन सेवा सदस्यता पनि ग्रहण गरेकी छन्। सापकोटाले दिएको रकम आश्रममा आश्रितहरूको नियमित भोजन र आवश्यक सेवा व्यवस्थापनमा खर्च गरिने आश्रमले जनाएको छ। आजीवन सदस्यतामार्फत उनले आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान पुर्याएको पनि आश्रमको भनाइ छ। भरतपुरस्थित मानव सेवा आश्रमले सरकारी तथा स्थानीय तहको आंशिक सहयोग र स्वदेश तथा विदेशमा रहेका दाताको सहयोगमा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको सेवा सञ्चालन गर्दै आएको छ।
चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

Read Complete Original Article
Published originally on नेपालन्युज






