Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चेलीबेटीसँग टीका लगाउँदै डा. सुनील शर्मा, देशभरका दिदीबहिनीलाई तिहारको शुभकामना
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । नेपाली कांग्रेसका नेता तथा जीपी कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले तिहारको अवसरमा आफ्ना चेलीबेटीहरूसँग भाइटीका लगाउँदै खुसी साटासाट गरेका छन्। उनले विराटनगरस्थित आफ्नै निवाससँगै मोरङको लेटाङस्थित फडानीमा पनि चेलीबेटीहरूसँग टीका लगाएका छन्। डा. शर्माले बिहान ११ः०७ बजे विराटनगरस्थित निवासमा टीका लगाउँदै देशभरका सम्पूर्ण दिदीबहिनी तथा चेलीबेटीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक भएको उल्लेख गर्दै यस पर्वले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। तिहार उज्यालो, उमंग र आत्मीयताको पर्व भएकाले यसले परिवार र समाजमा प्रेम, सद्भाव तथा सहयोगको भावना थप प्रगाढ बनाउने सन्देश दिने शर्माको भनाइ छ। राजनीतिसँगै सामाजिक सेवामा सक्रिय शर्मा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निरन्तर पहल गर्दै आएका छन्। उनको पहलमा विभिन्न जिल्लाका विपन्न तथा असहाय नागरिकले काठमाडौं मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उपचार सहुलियत र निःशुल्क उपचारको सुविधा पाउँदै आएका छन्। तिहारको उज्यालोले सबैको जीवनमा खुसी र उमंग ल्याओस्, कुनै पनि दिदीबहिनीले अभाव र पीडा भोग्न नपरोस् तथा समाजमा प्रेम, सहयोग र मानवीयताको भावना अझ विस्तार होस् भन्ने कामनासहित उनले सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ
Latest NewsJust now

प्रदेशसभा सदस्य खातुनले लिइन् पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा... ...

रातोपाटी
नवनियुक्त सांसद नाजिमा खातुनले लिइन् शपथ
Latest NewsJust now

नवनियुक्त सांसद नाजिमा खातुनले लिइन् शपथ

मधेस प्रदेश सभा सदस्यमा नियुक्त भएकी नाजिमा खातुनले शपथ लिएकी छन्।  मधेस प्रदेशका सभामुख रामअशिष यादवले प्रदेश सभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सांसद खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी नेकपा (एमाले)को तर्फबाट रिक्त पदमा समानुपातिक सांसद निर्वाचित भएकी हुन्।  शपथ ग्रहण समारोहमा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्... ...

नेपालखबर
फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल
Latest NewsJust now

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरे । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार ...

कर्पोरट खबर
थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता
Latest NewsJust now

थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका ६ सदस्य बेपत्ता

बैंकक । थाइल्यान्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् । रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play