काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-४, चिसापानीस्थित चेपाङ प्राथमिक विद्यालयका एक सय ३० विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको हेटौंडा शाखाको पहलमा जाडो मौसममा प्रयोग गर्न मिल्ने ट्र्याकसुटका साथै कापी र कलम वितरण गरिएको बैंकले जनाएको छ । जाडोमा विद्यार्थीलाई चिसोबाट जोगाउन र उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ । हेटौंडा शाखाका शाखा प्रबन्धक बिनेश कार्कीको पहलमा भएको कार्यक्रममा बैंकका वीरगञ्ज-चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, हेटौंडा शाखाका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति थियो । बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यबाट प्राप्त सहयोग उक्त कार्यक्रममार्फत् विद्यार्थीहरू प्रदान गरिएको बताइएको छ । चेपाङ समुदायका बालबालिकाको शैक्षिक तथा दैनिक जीवनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको सहयोगले विद्यार्थीमा उत्साह र आत्मविश्वास अभिवृद्धिका साथै पठनपाठनप्रति थप प्रेरणा मिल्ने विश्वास लिइएको बैंकका हेटौंडा शाखा प्रबन्धक कार्कीले बताउनुभएको छ । बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
चेपाङ विद्यालयलाई सांग्रिला बैंकको सहयोग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






