Getty Images मङ्गलवारको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको भारी हारपछि डोनल्ड ट्रम्पले संसद्मा बलियो बनेका डेमोक्र्याटहरूसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।यद्यपि, शुक्रवार उनले आफ्नो लामो समयदेखिका सल्लाहकार तथा कडा राजनीतिक रणनीतिकार स्टीभन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ पदमा नियुक्त गरे। योसँगै मिलरले उक्त पदमा रहेकी सुसी वाइल्सलाई प्रतिस्थापन गर्ने छन्।ह्वाइट हाउसको उच्च पदमा कट्टर पक्षपाती व्यक्तिलाई नियुक्त गर्दै राष्ट्रपति ट्रम्पले संसद्सँग सहकार्य गर्नुको सट्टा आफू राजनीतिक सङ्घर्षका लागि तयार रहेको सङ्केत गर्नसक्छ।"हाम्रो अभियान अहिले पहिलेभन्दा पनि स्पष्ट छ: हाम्रो राष्ट्रपतिलाई समर्थन गर्न र यो सानदार गणतन्त्रको रक्षा गर्न हाम्रो सम्पूर्ण शक्ति लगाएर रक्षा गर्नुपर्छ," मिलरले एक्समा पोस्ट गरे।उनले यो पदका लागि ट्रम्पले आफूलाई रोजेर "शब्दमा व्यक्त गर्नै नसकिने गरी सम्मानित महसुस गरेको" पनि बताएका छन्। चुनावमा पार्टी पराजित भएपछि रक्षामन्त्री र विदेशमन्त्री हटाउन लागिएको ह्वाइट हाउसद्वारा खण्डनमध्यावधि निर्वाचनको नतिजाका कारण ट्रम्पको शक्ति अमेरिकाभित्र 'खुम्चिन सक्छ', तर बाँकी विश्वमा के होला वासिङ्टनको सबैभन्दा शक्तिशाली पदहरूमध्ये एक चिफ अफ स्टाफ राष्ट्रपतिसम्म पहुँच नियन्त्रण गर्ने प्रमुख व्यक्ति, ह्वाइट हाउसको कार्यसूची तय गर्ने अधिकारी तथा संसद् र अन्य बाह्य राजनीतिक शक्तिहरूसँग वार्ता गर्ने प्रमुख वार्ताकार हुन्।"स्टीभन मिलर सुरुदेखि नै मसँग छन्," ट्रम्पले आफ्नो ट्रुथ सोसल वेबसाइटमा पत्रकारहरूसँग कुरा गर्दै भने। "उनले कुरा बुझेका छन्।"मिलर को हुन्?मिलरले सोमवार नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन्।४१ वर्षीय मिलरले ट्रम्पको पहिलो कार्यकालमा वरिष्ठ सल्लाहकारका रूपमा पनि काम गरिसकेका छन्।मिलर ट्र्म्पको कडा आप्रवासन नीतिका प्रमुख व्यक्ति मध्ये एक हुन्।उनले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा सन्दिग्ध लागुऔषध तस्करी अभियानविरुद्ध पनि प्रमुख भूमिका खेलेका छन् जसलाई आलोचकहरूले गैरन्यायिक हत्याको रूपमा निन्दा गरेका छन्।उनी सन् २०१६ को राष्ट्रपतीय चुनावको बेला रणनीतिकारका रूपमा चुनावी र्यालीहरूमा सहभागी थिए।ती थोरै सहयोगीमध्ये उनी एक हुन् जसले सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पको पराजयपछि पनि साथ छोडेका थिएनन्।गन वर्ष ट्रम्प सत्तामा फर्किएपछि उनले फेरि उनीसँग काम गर्न थाले।ट्रम्पले मिलरको प्रशंसा गरे पनि कङ्ग्रेससँग काम गर्न चुनौतीपूर्ण हुनसक्छ। अमेरिकी मध्यावधि चुनावअघि ट्रम्पको मतगणना बारेको माग सर्वोच्च अदालतद्वारा अस्वीकार, अरू के हुँदै छ?अमेरिकामा डेमोक्र्याट्सको विजयोत्सव मिलरप्रति अधिकांश डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूको धेरै असन्तुष्टि छ भन्ने कुरा बढाइचढाइ गरेर पनि वर्णन गर्न गाह्रो छ।"स्टीभन मिलर एक खतरनाक विदेश विरोधी व्यक्ति र लापरवाह अतिवादी हुन् जसको हात अमेरिकीहरूको रगतले रङ्गिएको छ," डेमोक्र्याटिक पार्टीको तल्लो सदनका नेता हाकिम जेफ्रिजले एक्समा लेखेका छन्।"सरकारमा उनको उपस्थिति क्यान्सरको घातक गाँठोलाई हटाएझैँ पूर्ण रूपमा हटाइनुपर्छ।"मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो।मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो। अमेरिकामा ट्रम्पको पार्टी पराजित, अब दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
चीफ अफ स्टाफमा स्टीभन मिलरलाई रोजेसँगै राजनीतिक सङ्घर्षमा आफूलाई तयार पार्दै ट्रम्प

Read Complete Original Article
Published originally on बीबीसी नेपाली





