Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Photo / Coverage: नेपालन्युज

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भेट गरेका छन्। सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताए। उनले भने, “प्रधानमन्त्री ज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिनसक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनु भएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ। भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस्।” रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाँदैछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
Latest NewsJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ... ...

रातोपाटी
चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान
Latest NewsJust now

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्।  लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ ...

नेपालखबर
स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना
Latest NewsJust now

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play