Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न रास्वपा नेताहरूलाई प्रधानमन्त्रीको निर्देशन
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रवार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए । उनकाअनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिए । चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्वपूर्ण लाभ लिनसक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गर्नुभएको बुर्लाकोटीले जानकारी दिए । चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए । बुर्लाकोटीकाअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन् । भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सिमित नगरी दुई देशको पारस्परिक हित तथा विशेषगरी नेपालको विकास र समृद्धिमा योगदान पु¥याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूको आगामी नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीसँग भेटवार्ता गरिएको छ । भ्रमणलाई प्रभावकारी बनाउन र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक निर्देशन लिन प्रधानमन्त्रीसँग छलफल भएको हो’ उनले भने । रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ । भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा नेपाल–चीन सीमा सम्बन्धी विषयमा भने छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे । पार्टी तहको भ्रमण भएकाले सीमा विवादको विषय कार्यसूचीमा नरहेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई अझ मजबुत बनाउने तथा भ्रमणलाई नेपालको राष्ट्रिय हितमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ । विशेषगरी चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन र सहकार्यमा जोड दिन आग्रह गर्नुभएको छ । यो भ्रमण केवल पर्यटकीय भ्रमणमा सीमित नभई दुई देशको हित र नेपालको विकासमा योगदान पु¥याउने उद्देश्यसहित हुनुपर्ने प्रधानमन्त्रीको भनाइ रहेको छ । भ्रमणका क्रममा दुई देशबीचको सीमा विषयमा भने छलफल नहुने र नेपालको आधिकारिक धारणा यथावत रहने जानकारी दिइएको छ । टोली चीनमा १० दिन रहनेछ’ उनले भने । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आईतवार चीन प्रस्थान गर्नेछ । भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा।राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो
OthersJust now

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो… ...

अनलाइन खबर
त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य
OthersJust now

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । त्रिविको शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका… ...

अनलाइन खबर
हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग
OthersJust now

हरिवंश आचार्य : हास्य कलाकारितको एउटा युग

हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा खुसीको उपहार दिइरहे । रेडियो नेपालबाट सुरु भएको उनको कलाकारिता यात्रा अन्ततः हास्य कलाकारितामा समाहित हुन पुग्छ । त्यहीँ भेटिन्छन्,… ...

अनलाइन खबर
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता
OthersJust now

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play