Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्रीको रास्वपा टोलीलाई निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्रीको रास्वपा टोलीलाई निर्देशन
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ । नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणका विषयमा छलफल गर्न टोली शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार गएका थिए । छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका नेता एवं सांसद कविन्द्र बुर्लाकोटीले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए । प्रधानमन्त्रीले विशेषगरी चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन गर्न टोलीलाई सुझाव दिए । बुर्लाकोटीका अनुसार चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको कार्यक्रममासमेत यी विषय समेटिएका छन् । भ्रमणलाई दुई देशबीचको आपसी हित र विशेषगरी नेपालको हित प्रवद्र्धन गर्ने अवसरका रूपमा उपयोग गर्ने टोलीको तयारी छ । सीमा विवादबारे भने पार्टी तहको भ्रमण भएकाले छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे। उनले नेपालको सीमा सम्बन्धी अडान यथावत् रहेको पनि बताए । टोलीले चीन भम्रमन १० दिनको रहेको उनले जनकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो
Latest NewsJust now

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ । ...

कान्तिपुर
अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात
Latest NewsJust now

अर्गलमा भुस पोलेर खोरिया फाँडेको सम्झना, छापो हालेर हिउँदे खेतीको सुरुवात

यो पर्वमा सहभागी नभए एक वर्ष विवाह गर्न नपाइने मान्यताबीच ६० भन्दा बढी अविवाहित युवायुवतीले शंकुबारीमा सामूहिक छापो हाले। ...

कान्तिपुर
काठमाण्डु गोर्खाजले गुमायो ५ विकेट
Latest NewsJust now

काठमाण्डु गोर्खाजले गुमायो ५ विकेट

काठमाडौँ । काठमाण्डु गोर्खाज ५ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले ५ विकेट गुमाएको हो । आदिल अन्सारी २४ बलमा ८ रन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play