सुनसरी । मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दर्जीको खानतलासी गर्दा ५.३४ ग्राम ब्राउन सुगर फेला परेको थियो। उनले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दर्जीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याउने २५ वर्षीय युवक पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






