Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेका पार्टीका सांसदहरूले छलफल गरेका छन्। सभापतिको निवासमा अहिले जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाँदैछ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग शुक्रबार भ्रमण टोलीका सांसदहरूले छलफल गरेका थिए। सो क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई नेपाल-चीन सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएका थिए। भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक पक्षहरूमा छलफल हुने रास्वपाले जनाएको छ। उच्चस्तरीय भ्रमणलाई रास्वपा र सिपिसीले नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए। महामन्त्री आचार्यको नेतृत्वमा सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा चीन भ्रमणमा जाँदै छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने
Latest NewsJust now

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणका... ...

रातोपाटी
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर
Latest NewsJust now

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड... ...

रातोपाटी
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल
Latest NewsJust now

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play