Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। सभापति लामिछानेको निवासमा भइरहेको छलफलमा भ्रमण टोलीमा सहभागी सांसद तथा पार्टीका नेताहरू सहभागी छन्। छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी भएका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाँदैछ। यसअघि शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहले पनि भ्रमण टोलीमा सहभागी सांसदहरूसँग छलफल गरेका थिए। उक्त भेटमा प्रधानमन्त्री शाहले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने विषयलाई प्राथमिकता दिन सांसदहरूलाई निर्देशन दिएका थिए। रास्वपाका अनुसार भ्रमणका क्रममा दुवै देशका अनुभव आदानप्रदान गर्नुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुनेछ। रास्वपाका प्रवक्ता जगदीश खरेलले यो भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताएका छन्। महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डलमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनआरएनएको भावनात्मक एकतामा जोड, पाँच पूर्वअध्यक्षले भेटे सभामुख
Latest NewsJust now

एनआरएनएको भावनात्मक एकतामा जोड, पाँच पूर्वअध्यक्षले भेटे सभामुख

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त भेटवार्ता गरेका छन् । पूर्वअध्यक्ष आरके शर्माको सक्रियतामा उनीसहित पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, विनोद कुँवर... ...

रातोपाटी
आज विश्व मधुमेह दिवस मनाइँदै
Latest NewsJust now

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । ...

कान्तिपुर
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग
Latest NewsJust now

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह, शिक्षा, स्वास्थ्य तथा पुनःएकीकरणका लागि सहयोग उपलब्ध गराउने भएको छ । परिषद्ले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याउँदै सहयोगका लागि आवेदन माग गरेको छ । योजनाअन्तर्गत बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने १८ वर्षमुनिका बालबालिका लक्षित छन् । विशेषगरी बाढीका कारण दुवै अभिभावक गुमाएका ...

कर्पोरट खबर
विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर
Latest NewsJust now

विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेही समाजले शनिबार काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। शिविरमा मधुमेहसम्बन्धी रक्त परीक्षण, रक्तचाप परीक्षण, अक्सिजनको मात्रा (एसपीओटु) मापन तथा मिर्गौलासम्बन्धी रक्त परीक्षण गरिएको समाजले जनाएको छ। त्यसैगरी, मधुमेहका कारण आँखामा पर्न सक्ने असर पहिचान गर्न डायबेटिक रेटिनोप्याथी परीक्षण तथा खुट्टाको स्नायुमा पर्ने असर पहिचान गर्न डायबेटिक न्युरोप्याथी परीक्षणसमेत गरिएको थियो। शिविरमा ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play