Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो । राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण गरिएको छ । तीमध्ये लचिलो मौद्रिक नीति कायम राख्ने, वित्तीय नियमनलाई प्रभावकारी बनाउने र वास्तविक अर्थतन्त्रका लागि वित्तीय सेवा विस्तार गर्ने विषय प्रमुख छन्। प्रतिवेदनअनुसार पर्याप्त तरलता सुनिश्चित गर्न चीनले विभिन्न नीतिगत उपकरणको व्यापक प्रयोग गर्नेछ । साथै, मौद्रिक नीतिको ढाँचाको निरन्तर मूल्याङ्कन गरी आवश्यक सुधार गर्नेछ । वित्तीय नियमनलाई थप प्रभावकारी बनाउन गैरकानुनी वित्तीय गतिविधिविरुद्ध कडा कदम चाल्ने, वित्तीय व्यवस्थापन तथा सेवामा एआईको प्रयोगबारे अध्ययन गर्ने र वित्तीय उपभोक्ताको संरक्षणलाई सुदृढ बनाउने योजना पनि प्रतिवेदनमा समेटिएको छ । त्यसैगरी, पूर्वाधार विकास, प्राविधिक नवप्रवर्तन र साना व्यवसायलाई वित्तीय सहयोग विस्तार गर्ने लक्ष्य राखिएको छ । प्रतिवेदनले चिनियाँ मुद्रा युआनको अन्तरराष्ट्रिय प्रयोग विस्तार गर्न, थप विदेशी वित्तीय संस्था तथा दीर्घकालीन पुँजी आकर्षित गर्न र स्वतन्त्र रूपमा नियन्त्रित सीमापार युआन भुक्तानी प्रणालीको विकास गर्न पनि जोड दिएको छ । वित्तीय जोखिम न्यूनीकरणका लागि पुँजी बजारलाई सहयोग पु¥याउन मौद्रिक नीतिका उपकरण प्रयोग गर्ने तथा घरजग्गा क्षेत्रका लागि लागू गरिएको ‘ह्वाइट लिस्ट’ संयन्त्रलाई निरन्तरता दिने उल्लेख छ । चीनले पछिल्लो समय वास्तविक अर्थतन्त्रमा वित्तीय लगानी बढाएको छ । सन् २०२५ अक्टोबरदेखि सन् २०२६ सेप्टेम्बरसम्म वास्तविक अर्थतन्त्रमा प्रवाह भएको नयाँ वित्तीय लगानी ३३ ट्रिलियन युआन (करिब चार दशमलव नौ ट्रिलियन अमेरिकी डलर) पुगेको प्रतिवेदनमा उल्लेख छ । यसै अवधिमा साङ्घाई र सेन्जेन स्टक एक्सचेन्जमा ८८ कम्पनी सूचीकृत भएका छन् । तीमध्ये करिब ९० प्रतिशत उच्च प्रविधि क्षेत्रका कम्पनी रहेका छन् । रासस/सिन्ह्वा The post चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
TechnologyJust now

ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

१८ असोज, काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता […] The post ऋण असुलीबाट समस्याग्रस्त ...

आइसिटी फ्रेम
नेपालमै पहिलोपटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा सुरु भयो इक्मो सेवा
TechnologyJust now

नेपालमै पहिलोपटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा सुरु भयो इक्मो सेवा

१८ असोज, काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामी ईक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवा प्रमुख डा. प्रदीप तिवारीसहित […] The post नेपालमै पहिलोपटक इक्मो ...

आइसिटी फ्रेम
बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न सीएसआरआई नेपालको ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ घोषणा
TechnologyJust now

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न सीएसआरआई नेपालको ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ घोषणा

१८ कात्तिक, काठमाडौं। नेपालको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल) ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, […] The post ...

आइसिटी फ्रेम
सन् २०२८ सम्म बेलायतको महत्त्वपूर्ण पूर्वाधारमा एआईमार्फत साइबर आक्रमण हुन सक्ने चेतावनी
TechnologyJust now

सन् २०२८ सम्म बेलायतको महत्त्वपूर्ण पूर्वाधारमा एआईमार्फत साइबर आक्रमण हुन सक्ने चेतावनी

बेलायतले सन् २०२८ सम्ममा आफ्नो महत्त्वपूर्ण पूर्वाधारमा कृत्रिम बुद्धिमता (एआई) प्रयोग गरेर गरिने साइबर आक्रमणको सामना गर्नुपर्ने सम्भावना रहेको त्यहाँका साइबर सुरक्षा प्रमुखले चेतावनी दिएका छन्। अपराधी समूह र चीन तथा रुसजस्ता देशले आफ्ना साइबर गतिविधिमा एआईको प्रयोग बढाउँदै लगेका बेला यस्तो चेतावनी आएको हो। बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) का प्रमुख रिचर्ड होर्नले मंगलबार यस्तो आक्रमणमा र्‍यानसमवेयरका लागि एआईबाट सञ्चालित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play