Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव
Photo / Coverage: टक्सार

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबिच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो । भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख शहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव राखेको थियो । त्यस्तै, नेपालका जडीबुटी, चिया, फलफूल र हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो । भेटमा सिचुवानका सचिव वाङले नेपाल र चीनबिचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुवै पक्षबिचको राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिवद्धता जनाए । उनले दुई देशबिचका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए । महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार तथा आर्थिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो र भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग तथा ऐक्यवद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएको थियो । भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिवद्धता दोहो¥याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पु¥याउनुपर्नेमा जोड दिएको थियो । नेपाली प्रतिनिधिमण्डलले सहकार्यका प्रश्तावलाई समयवद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
Latest NewsJust now

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशङ्कामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ । रिसोर्टमा बस्दै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र ...

केन्द्रबिन्दु
भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने
Latest NewsJust now

भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने

यही मंसिर ६ गते हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा जानेहरुको सूचीबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटिएको छ।  उनको ठाउँमा अब अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाने भएका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री वाग्ले जानेछन्।  बुधबार बिहान मात्रै परराष्ट्र मन्त्... ...

नेपालखबर
खाद्यले साढे ६७ करोड बराबरको धान किन्दै, समर्थन मूल्यमै खरिद
Latest NewsJust now

खाद्यले साढे ६७ करोड बराबरको धान किन्दै, समर्थन मूल्यमै खरिद

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा किसानहरूबाट डेढ लाख क्विन्टल धान खरिद गर्ने भएको छ । किसानलाई उनीहरूको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न... ...

रातोपाटी
पाँचखाल घटनामा बरामद भएका ४९ वटा कम्प्युटर र १ सय ५५ थान मोबाइलबाट के भेटियो प्रमाण ?
Latest NewsJust now

पाँचखाल घटनामा बरामद भएका ४९ वटा कम्प्युटर र १ सय ५५ थान मोबाइलबाट के भेटियो प्रमाण ?

• पाँचखालस्थित रिसोर्टमा चिनियाँ नागरिकको शंकाास्पद गतिविधि देखिएपछि १५५ मोबाइल र ४९ कम्प्युटरको अनुसन्धान भइरहेको छ। • स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा चिनियाँ नागरिकले तीन महिनादेखि रिसोर्टमा बस्दै आएका थिए। • काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको गतिविधि र कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play