Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो, १० जना एउटै गाउँका

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो, १० जना एउटै गाउँका
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ। घटनास्थलबाट उद्धार टोलीले ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए। मृतकमध्ये १० जना सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले बताए।दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीकै मृत्यु भएको हो। ज्यान गुमाउनेहरूमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमश: १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव छन्। यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्रीदेवीको मृत्यु भएको छ। यस्तै २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका– ८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेको प्रहरीले जनाएको छ। The post चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो, १० जना एउटै गाउँका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुर्घटना: पीडित परिवारको अभिभावकत्व ग्रहण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
Latest NewsJust now

दुर्घटना: पीडित परिवारको अभिभावकत्व ग्रहण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न ...

कर्पोरट खबर
रायमाझीको कैद छुट
Latest NewsJust now

रायमाझीको कैद छुट

काठमाडौं। कुनै समय मुलुकको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको प्रकरणमा दोषी ठहर भएर कैद सजाय भोगिरहेका उनी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ...

नेपालन्युज
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
Latest NewsJust now

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

जेरुसेलम । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् । इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play