Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । स्वर रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको छ । संगीत बाबुल गिरीको छ । लोकलयको डान्डिङ नम्बरमा एक युवक र युवतीले गरेको दोहोरी छ । रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दू मानेका छन् । गीतमा प्रयोग भएका मौलिक शब्दले समग्र गीतलाई बलियो बनाएको छ । टिपिकल शब्द छनोट र प्रयोग छ । बलियो हुकलाइने सिनेमाको यो गीतमा हिट हुने क्षमता प्रदान गरेको छ । सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ । गीतले सिनेमाका क्यारेक्टरको अन्तरसम्बन्ध उजागर गरेको छ । चलचित्रका पात्रहरूको पारिवारिक सम्बन्धलाई खोलेको छ । यसक्रममा सिनेमाका अधिकांश पात्र भिडियोमा देखिन्छन् । गीतको अन्तिमको दृश्यले थ्रिल दिने प्रयास गरेको छ । एक्सासि घट्ने घटनाले कुन रुप लिन्छ भन्ने कौतुहलता गीत र यसको भिडियोले सिर्जना गरेको छ । भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको छ । ‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । ‘चिरञ्जीवी भवः’मा हरिवंश ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ । ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतीक्षा छ । यस कारण नै यो सिनेमा प्रतिक्षित बनेको छ । यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् । कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् । निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहकार्य रहनेछ । रञ्जित गजमेरको पनि सिनेमामा गीत रहनेछ । चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत रहेको छ । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् । सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइनर विशाल न्यौपाने छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् । यो चलचित्र माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने भएको छ । डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली
Latest NewsJust now

केदारनाथको उकालोमा तीर्थयात्री बोकेर परिवार पाल्दै नेपाली

भारतको उत्तराखण्डस्थित रुद्रप्रयागस्थित केदारनाथ मन्दिर खुलेको सिजनमा राम्रो आम्दानी हुने भएकाले दुई हजारभन्दा बढी नेपाली यात्रु, सामान बोक्ने र होटल स‌ञ्चालनका लागि त्यहाँ पुग्छन् । ...

कान्तिपुर
हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु
Latest NewsJust now

हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि भारत भागेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय परिवर्तन नहुने बताएकी हुन्।  आन्दोलनमा भएको घातक दमनका लागि जि... ...

नेपालखबर
एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित
Latest NewsJust now

एनपीएल : काठमान्डु गोर्खाजको सहज जित, विराटनगर ९ विकेटले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगरलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहे। टोलीले ६.२ ओभरमै ५० रनको स्कोर पार गरेको थियो। ...

नेपालन्युज
बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा
Latest NewsJust now

बराहक्षेत्रमा चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा

• सुनसरीको बराहक्षेत्र नगरपालिकामा चौथो स्टोन स्किपिङ च्यालेन्ज प्रतियोगिता आगामी २४ कात्तिकमा आयोजना हुने तयारी पूरा भएको छ। • प्रतियोगिताको उद्देश्य लोपोन्मुख सीम तित्रा चराको संरक्षण र मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो। • प्रतियोगितामा सहभागीका लागि स्टोन स्किपरहरूलाई आह्वान गरिएको छ र प्रतियोगितात्मक टी-शर्ट पनि सार्वजनिक गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play