Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ । पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशङ्कामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ । रिसोर्टमा बस्दै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्राविधिकले बरामत उपकरणको अनुसन्धान गरिरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार मङ्गलबारदखिनै हिरासतमा राखिएका नियन्त्रित चिनियाँ नागरिकबारे कम्प्युटर र मोबाइलको अनुसन्धानपछि सिआईबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढने बताइएको छ । “पर्यटकीय भिसामा काम गरेर बसेको जस्तो देखिन्छ, दोषी ठहरिय काननुअनुसार कार्वाही हुन्छ, अन्यता अध्यागमन विभागमा बुझाइन्छ”, विष्टले भने । थाङ्का चित्र बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेलापरेको प्रहरीले जनाएको हो । चिनियाँ नागरिक उक्त रिसोर्टमा बस्न थालेपछि वडाध्यक्ष रामशरण दङ्गालले चासो दिएपनि सामान्य गतिविधिबाहेक अन्य विषयमा जानकारी लिन नसकेको बताउँछन् । “केही हप्ताअघि प्रहरीसहित हामी रिसोर्ट गएर बुझ्दा दुईचार जनाले हामी थान्का चित्र बनाउने हो भनेपछि फर्किएका थियाैं”, दङ्गालले भने । रिसोर्टका सञ्चालक सूर्य भेटुवालका अनुासर तीन महिनाअघि उक्त टोलीलाई रिसोर्ट नै भाडामा दिइएको बताए । चिनियाँ नागरिकले पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएको भेटुवालको भनाइ छ । रिसोर्टमा विदेशी नागरिकको समूह लामो समयदेखि बसिरहेको भए पनि उनीहरुले के गरिरहेका छन् भन्नेबारे स्थानीय जनप्रतिनिधि नै अनभिज्ञ रहेको बताइन्छ । वडाध्यक्ष दङ्गालले भने पछिल्लो समय चिनियाँ नागरिकको गतिविधिबारे शङ्का लागेको र स्थानीयबाट थप गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरिएको र छानबिनका लागि सहजीकरणसमेत गरेको बताउँछन् । भेटुवालले चिनियाँ नागरिक आफैँ रिसोर्ट खोज्दै आएकाले रिसोर्टभै भाडामा दिइएको बताए । ‘सेफ’समेत उनीहरुले आफैँसँग ल्याएकाले रिसोर्टका कुनैपनि कर्मचारी त्यहाँ नरहेको भेटुवालले बताए । यसैबीच, पाँचखालको घटनापछि काभे्रपलाञ्चोकको धुलिखेल, पनौती र बल्थली क्षेत्रमा चिनियाँ नागरिकको बसाइ र गतिविधिबारे चासो बढाइएको छ । पनौतीका एक निर्माण ब्यवसायीका अनुसार बल्थली क्षेत्रमा नयाँ तथा ठूला होटल–रिसोर्टमा केही महिनादेखि चिनियाँ नागरिकको चहलपहल बढिरहेको छ ।काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरुले गर्ने गतिविधि तथा कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउन थालिएको छ । “आजदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल–रिसोर्टमा अनुगमन/निरीक्षण थालिएको छ”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने । उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’द्वारा थप सूचना लिइनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै
Latest NewsJust now

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्। ढकालले विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन्। उनको तयारीअनुसार मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम छ। विवाह समारोह […] ...

काठमाण्डुपाटी
बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?
Latest NewsJust now

बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एमबीबीएस कार्यक्रमको सम्बन्धन पाउनुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नवीकरणसम्बन्धी व्यवस्था खारेज हुनुपर्ने माग गर्दै दायर... ...

रातोपाटी
काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत
Latest NewsJust now

काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले सुरुआतमै दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ६.१ ओभरमा दुई विकेट गुमाएर ४० रन बनाएको छ । चितवनका लागि कमिल मिशारा १२ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनले दुई छक्का प्रहार गरेका छन् । रवि ...

केन्द्रबिन्दु
आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण
Latest NewsJust now

आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छिन् । सरकारबाट नियुक्त भएको केही हप्तापछि बुधबार लुम्बिनी पुगेर उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी हुन् । गायिका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play