काठमाडौँ। त्रिभुवन विमानस्थलबाट एक जना चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट काठमाडौँ आएका ५८ वर्षीय जियानहुए वाङलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार वाङ नेपाल वायु सेवा निगमको जहाजमा बुधबार बिहान १:२५ मा काठमाडौँ आएका थिए। उनको साथबाट एक किलो ८०३.७७ ग्राम सुन बरामद भएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले बताए। उनका अनुसार चिनियाँ नागरिकले आफ्नो मलद्वारभित्र प्लाष्टिकले बेरेर सुन ल्याएका थिए। उक्त अर्थठोस सुनसहित चिनियाँलाई भन्सार क्षेत्र पार गरी निस्किने क्रममा प्रहरीले फेला पारेको थियो। पक्राउ परेका वाङ र सुन चित्रुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।
चिनियाँ नागरिकको मलद्वारमा १ किलो ८०० ग्राम सुन

Read Complete Original Article
Published originally on नेपालन्युज






