Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङसँग जोडिएकी चीनकी सम्भावित जासुस एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित मेगास्पिड कम्पनीको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ । एनभिडियाका उच्च क्षमताका कृत्रिम बौद्धिकता चिप चीनसम्म पुर्‍याउन मेगास्पिडले सहयोग गरेको आशङ्कापछि कम्पनी विवादमा परेको हो । दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता रहेको मेगास्पिडले आइतबार आफ्नो व्यावसायिक गतिविधि र आपूर्ति प्रणालीबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ । कम्पनीले बाह्य कानुनी परामर्शदातासमेत नियुक्त गरेको छ । यसैबीच, अमेरिकी सांसद जोन मोलिनारले जेन्सेन हुआङले चीनसम्बन्धी संसदीय समितिसहित अन्य दुई समितिसमक्ष बयान दिन सहमति जनाएको बताएका छन् । अमेरिकी निर्यात प्रतिबन्धका बाबजुद एनभिडियाका अत्याधुनिक चिप चीन पुगेको आशङ्का र त्यसमा एलिस हुआङको सम्भावित भूमिकाबारे अनुसन्धान गर्न बयान लिन लागिएको हो । मेगास्पिडले मलेसिया, इन्डोनेसिया र थाइल्यान्डमा सञ्चालन गरेका तथ्याङ्क केन्द्रमार्फत चिनियाँ कम्पनीलाई एनभिडियाका चिपमा अप्रत्यक्ष पहुँच दिएको आशङ्का गरिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि चिप निर्यातको निगरानीमा वाणिज्य मन्त्रालयको कमजोरी रहेको आरोप लगाएका छन् । यस विषयमा वाणिज्यमन्त्री हावर्ड लटनिकलाई आगामी महिना अमेरिकी सिनेटको समितिसमक्ष बयान दिन बोलाइएको छ । यता चीनले एलिस हुआङ जासुस भएको आरोप अस्वीकार गर्दै यस प्रकरणलाई कृत्रिम बौद्धिकता प्रविधिमा चीनमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ । The post चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रहरीमा खाली हुँदै ६ एआईजी पद, आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना
Latest NewsJust now

नेपाल प्रहरीमा खाली हुँदै ६ एआईजी पद, आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना

नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिवि... ...

नेपालखबर
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण
Latest NewsJust now

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमे... ...

गोरखापत्र
कावासोतीमा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते
Latest NewsJust now

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते

कावासोती – नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो। दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि […] ...

काठमाण्डुपाटी
इनरुवास्थित कुरुवा खाेलामा आज बिहान उदाउँदो सूर्यकाे उपासना गर्दै व्रतालु
Latest NewsJust now

इनरुवास्थित कुरुवा खाेलामा आज बिहान उदाउँदो सूर्यकाे उपासना गर्दै व्रतालु

• सुनसरीको इनरुवामा छठ पर्वको अवसरमा व्रतालुहरूले उदाउँदो सूर्यको उपासना गरेका छन्। • हिजो अस्ताउँदो सूर्य र आजको उदाउँदो सूर्यलाई अर्घ्यसहितको उपासना गरेर छठ पर्वको समापन भएको छ। • तस्बिरमा नवीन गड्तौला द्वारा खिचिएका दृश्यहरू समावेश छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play