Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ४३ रन बनाए भने इशान पाण्डेले २५, शेरफान रुदरफोर्डले अविजित २१ र आरिफ सेखले २० रन बनाएका थिए । त्यस्तै चितवनका बलर रञ्‍जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । चितवनका लागि रवि भोपाराले सर्बाधिक ४९ रन बनाएका थिए । त्यस्तै डेविड मलानले १६, अर्जुन साउद र सिकन्दर राजाले १५-१५ रन तथा विवेक यादवले १७ रन बनाएका थिए । त्यसैगरी सुदूरपश्चिमका बलर स्कट कुगालानले २ विकेट लिए भने हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक एक विकेट लिएका थिए । यो जितपछि सुदूरपश्चिमको ४ खेलमा ४ अंक भएको छ भने चितवनको ३ खेलमा ३ अंक रहेको छ । The post चितवन राइनोजमाथि सुदूरपश्चिम ५ विकेटले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराबाट ईभी ट्याक्सी लञ्च, पहिलो दिनमै ८१ वटा बुकिङ
Latest NewsJust now

पोखराबाट ईभी ट्याक्सी लञ्च, पहिलो दिनमै ८१ वटा बुकिङ

पोखरा । पोखराबाट ईभी ट्याक्सी लञ्च भएको छ । सीजी मोटर्सले नयाँ विद्युतीय कार जेएमईभी औपचारिक रुपमा सार्वजनिक गरेको हो । टीटी ईभी रिभोलुसनले उत्पादन गरेको गाडी नेपालमा सीजीले भित्र्याएको हो । बजारमा... ...

रातोपाटी
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब  उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापा... ...

नेपालखबर
भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन्। यसबाट दुवै देशबीच ...

नेपालन्युज
एनपिएल: चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित
Latest NewsJust now

एनपिएल: चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ, कात्तिक १६ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दो... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play