काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याट्सम्यान रवि बोपाराले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार गरेका छन्। सोमबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा २० रन जोड्दै ४१ वर्षीय बोपाराले यो उपलब्धि हासिल गरेका हुन्। खेल सुरु हुनुअघि बोपाराले टी-२० फर्म्याटमा ४ सय ९५ खेल खेल्दै ९ हजार ९ सय ८० रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा आवश्यक २० रन पूरा गरेसँगै उनको कुल रन संख्या १० हजार पुगेको हो। आफ्नो टी-२० करियरमा बोपाराले हालसम्म ३ शतक र ५० अर्धशतक प्रहार गरेका छन्। यस फर्म्याटमा उनको उच्च स्कोर १ सय ८ रन रहेको छ।
चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन

Read Complete Original Article
Published originally on नेपालन्युज






