Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram

काठमाडौं । कमिल मिशाराको कीर्तिमानी शतक र कप्तान रवि बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । चितवनले सुरुवातमै दुई विकेट गुमाएको थियो । तेस्रो ओभरमा काठमान्डुका कप्तान करण केसीले पहिलो बलमै देव खनाललाई १७ रनमा आउट गरे । त्यसलगत्तै दोस्रो बलमा डेविड मलानलाई शून्य रनमा पभेलियन फर्काउँदै करणले लगातार दुई विकेट लिए । पावरप्लेमा दुई विकेट गुमाएर ३४ रन बनाएको चितवनको इनिङ्स कमिल मिशारा र रवि बोपाराले सम्हाले । मिशाराले ३३ बलमा अर्धशतक पूरा गर्दै चितवनको इनिङ्सलाई गति दिएका थिए । त्यसपछि आक्रामक ब्याटिङमा उत्रिएका उनले १४औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गरे । मिशाराले ५३ बलमा शतक पूरा गरे । उनी एनपीएल इतिहासमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बनेका छन् । यसअघि एन्ड्रीस गौस, मार्क वाट, एडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका थिए । मिशाराले अविजित १२० रन बनाउँदै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमानसमेत कायम गरे । उनले गत सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रनको कीर्तिमान तोडेका हुन् । यस्तै, कप्तान रवि बोपाराले ४२ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ काठमान्डुका कप्तान करण केसी र राशिद खानले समान दुई विकेट लिए । यससँगै काठमान्डु गोर्खाजले फाइनल प्रवेशका लागि २०५ रनको लक्ष्य पछ्याउनुपर्ने भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Latest NewsJust now

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन ...

कर्पोरट खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Latest NewsJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, ...

केन्द्रबिन्दु
शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव
Latest NewsJust now

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

दिपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर २ गते । उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।शिशुको मृत्यु चि... ...

गोरखापत्र
जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु वित्तमा सहज पहुँचको व्यवस्था हुनुपर्ने बताएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play