Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते

चितवन । चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन् । आइतबार बिहान करिब १०:४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस सडक छेउको नालीमा पल्टिएको हो । बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका करिब ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । The post चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
ताजा खबरJust now

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

रातोपाटी
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
ताजा खबरJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र... ...

रातोपाटी
एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
ताजा खबरJust now

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान

कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play