Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते

काठमाडौं । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन् । आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो। घाइतेमध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ । जिप चालक राप्ती नगरपालिका–१३ निवासी २६ वर्षीय रोशन प्रजा प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार दिने क्यानको घोषणा
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार दिने क्यानको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् ।  नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले ...

फरकधार
खैरो हेरोइनसहित दुई जना पक्राउ
ताजा खबरJust now

खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा... ...

रातोपाटी
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ताजा खबरJust now

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

रातोपाटी
कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play