Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चितवनमा एक जनाको ज्यान गएको आयोन वाईको आगलागीमा ब्याट्रीको दोष नरहेको जीएसीको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा एक जनाको ज्यान गएको आयोन वाईको आगलागीमा ब्याट्रीको दोष नरहेको जीएसीको दाबी
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । चितवनको भरतपुरमा गुडिरहेको अवस्थामा आगलागी हुँदा एक जनाको मृत्यु भएको जीएसीको विद्युतीय गाडी आयोन वाईमा ब्याट्री वा विद्युतीय प्रणालीको खराबी नरहेको कम्पनीले दाबी गरेको छ । जीएसी इन्टरनेसनलले घटनाबारे गरेको अनुसन्धानबाट आगलागीको स्रोत गाडीको ब्याट्री तथा विद्युतीय प्रणाली नभई बाह्य प्रज्वलन भएको निष्कर्ष निकालेको जनाएको छ ।

गत भदौ २६ गते शुक्रबार बिहान भरतपुर महानगरपालिका–९ वसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको आयोन वाई प्लसमा आगलागी भएको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको गाडीमा बिहान करिब ६ बजे आगो लागेको थियो ।

आगलागीपछि प्रहरी र दमकलको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो । तर, गाडीभित्र एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए । मृतकको नाम, थर र ठेगाना तत्काल खुल्न सकेको थिएन । घटनामा गाडीसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको थियो ।

घटनापछि आगलागीको कारणबारे प्रश्न उठिरहेका बेला गाडी निर्माता जीएसी इन्टरनेसनलले वरिष्ठ प्राविधिक टोली परिचालन गरी अनुसन्धान गरेको जनाएको थियो ।कम्पनीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार गाडीको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको थियो । ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित रहेको कम्पनीको दाबी छ ।

प्रतिवेदनमा गाडीको वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणको परीक्षण गर्दा सर्ट सर्किट भएको कुनै प्रमाण नभेटिएको उल्लेख छ । तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको संकेतसमेत नदेखिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, गाडीका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा रहेको कुनै उत्पादनगत त्रुटि वा अन्तर्निहित खराबीका कारण आगलागी भएको हुन सक्ने सम्भावना पनि अनुसन्धानले नदेखाएको जीएसीको दाबी छ । कम्पनीका अनुसार आगलागी गाडीको ब्याट्री वा विद्युतीय प्रणालीसँग असम्बन्धित बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको हो ।

जीएसी इन्टरनेसनलले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरेको जनाएको छ । कम्पनीले विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको र अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्ड पालना गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । नेपालमा उपलब्ध आफ्ना सवारीसाधनले पनि त्यही विश्वव्यापी मापदण्ड पूरा गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताका उच्च मापदण्ड कायम राख्ने तथा सम्बन्धित सरोकारवालासँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुईवटा ढोका र स्क्यानर छ तर चल्छ एउटा मात्रै, सधैँ सास्ती खेप्न बाध्य यात्रु
Economy & BusinessJust now

दुईवटा ढोका र स्क्यानर छ तर चल्छ एउटा मात्रै, सधैँ सास्ती खेप्न बाध्य यात्रु

काठमाडौँ / काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा ...

अर्थडबली
साल्पा–सिलिचुङमा मुन्दुमी मिथकको भौतिकीकरण, २ करोड ६२ लाखमा संरचना निर्माण
Economy & BusinessJust now

साल्पा–सिलिचुङमा मुन्दुमी मिथकको भौतिकीकरण, २ करोड ६२ लाखमा संरचना निर्माण

किरात ऐतिहासिकस्थल साल्पासिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पासिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ ...

अर्थडबली
अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरूलाई सहज हुने
Economy & BusinessJust now

अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरूलाई सहज हुने

काठमाडौँ / धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ ।अर्जुनचौपारी गाउँपालिका वडा नं ६ मुसुरबारीमा धार्मिक होमस्टे ...

अर्थडबली
खानेपानी पूर्वाधार विस्तारमा प्रगति : घरपरिसरमै पानी पुग्ने ९० प्रतिशत तर सुरक्षित र पर्याप्त पानी पाउने ४७.५ प्रतिशत मात्रै
Economy & BusinessJust now

खानेपानी पूर्वाधार विस्तारमा प्रगति : घरपरिसरमै पानी पुग्ने ९० प्रतिशत तर सुरक्षित र पर्याप्त पानी पाउने ४७.५ प्रतिशत मात्रै

काठमाडौं । नेपालमा खानेपानी र सरसफाइका आधारभूत पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति भए पनि सुरक्षित, भरपर्दो र समान पहुँचसहितको सेवा उपलब्ध गराउने चुनौती कायमै रहेको एक अध्ययनले देखाएको छ । घरपरिसरमै खानेपानी उपलब्ध हुने जनसङ्ख्या ९० प्रतिशत पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी पाउने जनसङ्ख्या भने ४७.५ प्रतिशत मात्रै छ । नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५ … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement