Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा आजबाट पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडौं । चितवन तेक्वान्दो डोजाङको आयोजनामा आज (शुक्रबार) बाट प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप-२०२६ हुँदैछ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक प्रज्वल दवाडीले जानकारी दिनुभयो । उहाँले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा नेपालका सातवटै प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । करिब आठ सय खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेर समूह तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने र खेलकुदमार्फत्् अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ मास्टर रोशन खानले बताउनुभयो । प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष खेलाडी, उत्कृष्ट ग्योरोगी महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन समारोह शुक्रबार अपराह्न ४ बजे हुनेछ । त्यसैगरी, आइतबार अपराह्न ४ बजे समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहनेछ । यस आयोजनालाई सफल बनाउन विभिन्न निकाय, संघसंस्था, प्रायोजक, सहयोगी तथा खेलप्रेमीबाट प्राप्त साथ र सहयोग प्रशंसनीय रहेको आयोजकले जनाएको छ । यस प्रतियोगितामार्फत् सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न र चितवनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न योगदान पुग्ने अन्तर्राष्ट्रिय संयोजक तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
ताजा खबरJust now

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

केन्द्रबिन्दु
कर्मचारीले राजीनामा  दिने क्रम बढ्दै
ताजा खबरJust now

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै

काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

गोरखापत्र
बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
ताजा खबरJust now

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने

काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play