Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

चितवनमाथि विजय हात पार्दै काठमान्डु शीर्षमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमाथि विजय हात पार्दै काठमान्डु शीर्षमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमान्डु गोर्खाज लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । काठमान्डुले सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्‍यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमान्डुले लगातार खेल जित्दै आएको छ र यस जितले टोलीको प्लेअफमा स्थान लगभग पक्का गरेको छ । काठमान्डुको ५ खेलमा ८ अंक पुगेको छ । टोलीले लुम्बिनी लायन्सलाई १ अंकले पछाडि पारेको हो । चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो । रबि बोपाराले अर्धशतक बनाए पनि जबाफमा आएको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ७ विकेट गुमाई १ सय ७० रन मात्र बनाउन सक्यो । अर्जुन साउद र कामिल मिसराले ५ ओभर भित्र ४८ रन जोडि चितवनलाई राम्रो सुरुआत दिलाएका थिए । सन्तोष यादवले अर्जुनलाई बोल्ड गरि यो साझेदारी तोडेका थिए । अर्जुनले २१ बल खेली ४ चौकासहित २३ रन बनाए । श्रीलंकाली खेलाडी मिसराले ११ बल खेली १ चौका र ३ छक्कासहित २८ रन बनाए । अर्का श्रीलंकन खेलाडी सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमले सानदार रनिङ क्याच लिएर मिसरालाई पेभेलियन फर्काएका थिए । डान मुस्ली र रबि बोपाराले तेस्रो विकेटमा ५५ रनको साझेदारी गरे । मुस्ली ३२ बलमा ३ चौकासहित २९ रन बनाएर आउट भए । ट्यालेन्ट हन्टबाट आएका गणेश गौतमले चितवनका कप्तान सिकन्दर राजालाई २ रनमा बोल्ड गरेका थिए । बोपारा ५५ रन बनाई अन्तिम ओभरमा आउट भए । उनले ३५ बल खेली २ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्ल १२ बल खेलि १ चौका प्रहार गरि १३ रनमा आउट भए । विवेक यादव ४ रनमा रनआउट भए । कमलसिंह ऐरी ५ र रिजन ढकाल १ रनमा अविजित रहे । काठमान्डुबाट अराचिगेले ४ ओभरमा ३७ रन खर्चेर २ तथा कप्तान करण केसी, जहाॅन्दद खान, सन्तोष यादव र गणेशले १–१ विकेट लिए । यसअघि ओपनरद्वय डेबिड वार्नर र साहिल पटेललाई ४ ओभर खेल्दा १३ रन भित्र गुमुाए पनि काठमान्डुले चुनौती पूर्ण स्कोर बनाएका हो । यी दुईले लुम्बिनी लायन्सविरुद्धको अघिल्लो खेलमा पहिलो विकेटमा १ सय ४ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियन ब्याटिङ हस्ती वार्नरलाई १ रनमा कमलले बोल्ड गरे । वार्नरले ६ बलको सामना गरेका थिए । साहिल १२ बलमा ८ रन बनाई रिजन ढकालको बलमा आउट भए । तर रशिद खानले अर्धशतक बनाउदै काठमान्डुको उच्च फर्मलाई कायमै राखे । रशिदले ३० बलमा ५२ रन बनाए । जारी एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो । रशिदले २ चौका र ४ छक्का प्रहार गरे । रशिदले तेस्रो विकेटमा विलियम बोसिस्टोसॅग ६२ र अराचिगेसॅग चौथो विकेटमा २८ मा ५३ रनको साझेदारी गरे । बोसिस्टोले २२ बल खेली १ छक्कासहित २७ रन बनाए । श्रीलंकन खेलाडी अराचिगेले २० बल खेली ३ चौका र २ छक्कासहित ३३ रन बनाए । करणले ८ बल खेली ३ छक्कासहित २० रन बनाए । इंग्लिस बलर मोस्लीलाई ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि चौथो बलमा मोस्लीले करणलाई एलबीडब्लु आउट गरेका थिए । आदिल आलम अन्सारी २ चौका प्रहार गरी ८ रनमा आउट भए । जहाँन्ददले १३ बलमा ६ रनमात्र बनाउन सके । सन्तोष यादव २ बल खेली १ छक्का प्रहार गर्दै ८ रनमा अविजित रहे । रिजन ढकालले ३ विकेट लिए । उनले सोक्रममा ४ ओभरमा १४ रनमात्र खर्चे । सिकन्दरले ३ ओभरमा १९ र कमलले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । एनपीएल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप
Latest NewsJust now

वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप

वीरगञ्ज महानगरपालिकाको विकास निर्माण तथा विभिन्न सामग्री आपूर्ति गरेका ठेकेदार र व्यवसायीहरू लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक संकट ...

हाम्राकुरा
धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
Latest NewsJust now

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको ख... ...

गोरखापत्र
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
Latest NewsJust now

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको ...

केन्द्रबिन्दु
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह
Latest NewsJust now

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play