Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने

चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने

जनरल मोटर्स (जीएम) ले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी निजी जानकारी गैरकानुनी रूपमा डेटा ब्रोकरहरूलाई बेचेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन ३६ वटा अमेरिकी राज्यलाई २२ करोड डलर तिर्ने भएको छ। सम्झौताअनुसार जीएमले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी डाटा संकलन वा साझेदारी गर्नुअघि उनीहरूको स्पष्ट सहमति लिनुपर्नेछ। यो व्यवस्था कम्पनीले यसअघि क्यालिफोर्निया र अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) सँग गरेको छुट्टाछुट्टै सम्झौतासँग मिल्दोजुल्दो छ। तर, यस सम्झौतामा एउटा नयाँ प्रावधान पनि छ। जसअनुसार जीएमले गोपनीयतासम्बन्धी कार्यक्रम पालना गरे नगरेको मूल्याङ्कन तेस्रो पक्षबाट गराउनुपर्नेछ। बिहीबार घोषणा गरिएको यो सम्झौताले ३६ वटा राज्यका महान्यायाधिवक्ताहरूको समूहले दायर गरेको मुद्दा टुंग्याउनेछ। उक्त मुद्दामा जीएमले चालकको जानकारी डेटा ब्रोकरहरूलाई बेचेको र ती ब्रोकरहरूले बीमा प्रदायकहरूलाई उक्त जानकारी बिक्री गरेको आरोप लगाइएको थियो। जीएमले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनेको छ, “यो सम्झौता सन् २०२४ मा बन्द गरिएको स्मार्ट ड्राइभर सेवासँग सम्बन्धित छ र यसले गोपनीयतासम्बन्धी अभ्यासलाई बलियो बनाउन हामीले चालेका कदमलाई थप सुदृढ बनाउँछ। जडित सवारीसाधनबाट प्राप्त हुने डाटाले अझ सुरक्षित, उपयोगी र व्यक्तिगत आवश्यकताअनुसारका सेवा उपलब्ध गराउन मद्दत गर्छ। कुन जानकारी प्रयोग गरिन्छ, त्यसलाई कसरी सुरक्षित राखिन्छ र ग्राहकले के जानकारी साझा गर्ने भन्ने विषयमा उनीहरूसँग के विकल्प छन् भन्ने कुरा स्पष्ट पार्न जीएम प्रतिबद्ध छ।” यो सम्झौता न्युयोर्क टाइम्सले सन् २०२४ मार्चमा जीएम र अनस्टारले चालकको वास्तविक स्थान र सवारी चलाउने व्यवहारसम्बन्धी डेटा कसरी संकलन, प्रयोग र बिक्री गरिरहेका थिए भन्नेबारे समाचार प्रकाशित गरेको दुई वर्षभन्दा बढी समयपछि भएको हो। समाचारअनुसार कम्पनीहरूले लेक्सिसनेक्सिस र भेरिस्कजस्ता डेटा ब्रोकरसहित तेस्रो पक्षलाई उक्त जानकारी उपलब्ध गराएका थिए। जीएमका जडित कारसम्बन्धी एपमा उपलब्ध निःशुल्क सुविधा स्मार्ट ड्राइभरमार्फत उक्त डाटा संकलन गरिन्थ्यो। यसले चालकको सवारी चलाउने व्यवहार र सिट बेल्टको प्रयोगको निगरानी गरी मूल्याङ्कनसमेत गर्थ्यो। न्युयोर्क टाइम्सका अनुसार डेटा ब्रोकरहरूले यो जानकारी बीमा प्रदायकहरूलाई बेच्थे, जसले ग्राहकले तिर्नुपर्ने बीमा शुल्कमा असर पार्न सक्थ्यो। जीएमले सन् २०२४ मा स्मार्ट ड्राइभर सेवा बन्द गरे पनि कानुनी कारबाही रोकिएन। यस वर्ष जनवरीमा एफटीसीले जीएम र उसको अनस्टार टेलिम्याटिक्स सेवालाई उपभोक्ताको निश्चित डेटा साझेदारी गर्न प्रतिबन्ध लगाउने आदेशलाई अन्तिम रूप दिएको थियो। एफटीसीसँगको सम्झौता र बिहीबार घोषणा गरिएको विभिन्न राज्यसँगको सम्झौताले पनि जीएमलाई उपभोक्तासँग अझ पारदर्शी हुन र निश्चित प्रकारको डेटा संकलन गर्नुअघि उनीहरूको स्पष्ट सहमति लिनुपर्ने व्यवस्था गरेको छ। कम्पनीले अहिले ग्राहकको गोपनीयता सुरक्षामा ध्यान केन्द्रित गरेको र कुनै व्यक्तिको पहिचान, उसको सवारीसाधनको स्थान वा उसले कसरी गाडी चलाउँछ भन्ने जानकारीसँग जोड्न सकिने सवारीसाधनसम्बन्धी डेटा अब बिक्री नगर्ने जनाएको छ। यद्यपि, जीएमले कुनै व्यक्तिसँग सम्बन्धित नभएको पहिचान खुल्न नसक्ने डाटा निश्चित साझेदारलाई उपलब्ध गराउन सक्नेछ। कम्पनीले आफ्नो गोपनीयता नीतिको भाषा पनि अद्यावधिक गरेको छ र उपभोक्ताका लागि छुट्टै प्राइभेसी सेन्टर स्थापना गरेको छ। जीएमसँग भएको सम्झौता र ग्राहकको सवारी चलाउने व्यवहारसम्बन्धी डेटा व्यवस्थापनमा गर्नुपर्ने परिवर्तन यस्तो समयमा आएका छन्, जतिबेला धेरै सेन्सर र कम्प्युटिङ क्षमता भएका सवारीसाधन बजारमा आइरहेका छन्। सवारी निर्माता कम्पनीहरूले सफ्टवेयरमा आधारित सवारीसाधन विकासमा ठूलो लगानी गरिरहेका छन्। यस्ता सवारीसाधनमा चालक र यात्रुले विभिन्न डिजिटल एप प्रयोग गर्न तथा आफ्नो क्यालेन्डर, सन्देश र इमेलजस्ता सेवासँग जोडिन सक्छन्। उदाहरणका लागि, जीएमले आफ्नो ३० वर्ष पुरानो सुरक्षा तथा सडक सहायतासम्बन्धी सेवा अनस्टारमा व्यक्तिगत एआई सहायक थपिरहेको छ। सवारीसाधनमा जडान गरिएका क्यामरालाई सफ्टवेयरसँग जोडेर प्रत्यक्ष दृश्यका साथै दुर्घटना र सुरक्षासम्बन्धी रेकर्डिङ उपलब्ध गराइनेछ। प्रयोगकर्ताले आवाजकै माध्यमबाट सवारीसाधनको तापक्रम नियन्त्रणलगायत केही सुविधा सञ्चालन गर्न र गाडीका विशेषताबारे प्रश्न सोध्न पनि सक्नेछन्। जीएमले अक्टोबरमा आयोजना गरेको जीएम फरवार्ड कार्यक्रममा नयाँ एआई सहायक घोषणा गर्दा गोपनीयता सुरक्षामा जोड दिएको थियो। कम्पनीका अनुसार ग्राहकले कुन डाटा साझा गर्ने भन्ने निर्णय गर्न सक्नेछन्। रेकर्डिङको समयसीमा तोकिनेछ र तिनलाई इन्क्रिप्सनमार्फत सुरक्षित राखिनेछ। जीएमले आफू र अनस्टारले जडित क्यामेराबाट प्राप्त रेकर्डिङ हेर्न नसक्ने जनाएको छ। ग्राहकले डाटासम्बन्धी अनुमतिहरू व्यवस्थापन गर्न पनि सक्नेछन्। तर, आफ्नो डाटा साझा नगर्ने विकल्प रोज्ने ग्राहकले केही सुविधामा सीमित पहुँच मात्र पाउन सक्ने कम्पनीले जनाएको छ। The post चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

India launches new navigation satellite to boost own GPS
प्रविधिJust now

India launches new navigation satellite to boost own GPS

The Indian Space Research Organisation (ISRO) successfully launched its next-generation navigation satellite NVS-03 aboard the GSLV-F18 rocket to boost the country’s independent navigation system, Navigation with Indian Constellation, it confirmed on Saturday. The launch took place at 11:51 p.m. local time on Friday from the Satish Dhawan Space Centre in the Sriharikota area of the southern state of Andhra Pradesh. “GSLV-F18 has ...

टेक्नोलोजी खबर
एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित
प्रविधिJust now

एनपीएलमा विराटनगरको पहिलो जित: सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित

१४ कात्तिक, काठमाडौं। एनपीएल:विराटनगरकाे पहिलाे जित,सुदूरपश्चिमकाे दाेस्राे हार राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेकाे छ। जितका लागि पाएकाे १०६ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्याे। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे। सुदूरपश्चिमका स्कट क्वीगलेनले२८ ,आरिफ शेखले १७, सैफ […] The post एनपीएलमा विराटनगरको ...

आइसिटी फ्रेम
गुगल क्रोम झन स्मार्ट बन्दै
प्रविधिJust now

गुगल क्रोम झन स्मार्ट बन्दै

गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ। गुगलका अनुसार क्रोममा यस सुविधाको थप एडभान्स भर्जन उपलब्ध गराइने छ। यसले प्रयोगकर्ताको जीमेल अकाउन्टबाट आवश्यक विवरणहरु संकलन गरी अनलाइन फारम भर्न सहयोग गर्नेछ। यसको अर्थ ब्राउजरले प्रयोगकर्ताका इमेल म्यासेजहरुमा रहेका फ्लाइट पुष्टि नम्बर, सदस्यता नम्बर, ढुवानीको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play