Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चार वर्षदेखि अलपत्र मुडे-चरिकोट सडकको काम सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार वर्षदेखि अलपत्र मुडे-चरिकोट सडकको काम सुरु
Photo / Coverage: नेपालन्युज

काठमाडौं। विगत चार वर्षदेखि अलपत्र रहेको लामोसाँघु: तामाकोशी-जिरी सडकअन्तर्गत मुडे-चरिकोट खण्डको स्तरोन्नति कार्य पुनः सुरु भएको छ। सडक डिभिजन चरिकोटले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएपछि निर्माण कम्पनीले तिहारअघिबाट काम सुरु गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयले आयोजनाको प्रगतिमाथि नियमित निगरानी राखिरहेको जानकारी दिएका छन्। उनले कामको गति नबढेमा ठेक्का सम्झौता रद्द गरेर भए पनि निर्माण सम्पन्न गरिने स्पष्ट पारेका छन्। मन्त्री लम्सालले भने, ‘हामीले दैनिक रूपमा आयोजनाको प्रगति अनुगमन गरिरहेका छौँ। तोकिएको गतिमा काम अघि नबढे पुनः ठेक्का तोडेर बाँकी काम सक्ने तयारी छ।’ उक्त सडक स्तरोन्नति आयोजना वि.सं. २०७५ सालमा ठेक्का सम्झौता भई सुरु भएको थियो। पटक-पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि २०८० सालमा पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो। तर, निर्माण कम्पनी अदालत गएपछि परियोजना रुग्ण बनेको थियो। २०८१ सालमा अदालतले पुरानै निर्माण कम्पनीबाट काम गराउन आदेश दिएको थियो। त्यसपछि चार पटक म्याद थप गर्दा पनि कम्पनीले काम अघि बढाएको थिएन। नयाँ सरकार गठन भएपछि कम्पनीलाई काम सम्पन्न गर्न अन्तिम पटक मौका दिइएको थियो। सो अवधिमा पनि कामले गति नलिएपछि मन्त्रालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो। मन्त्रालयको कडाइपछि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएको मन्त्री लम्सालले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प
Latest NewsJust now

जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा... ...

रातोपाटी
न्यायाधीशलाई कुन अवस्थामा लाग्छ महाभियोग ?
Latest NewsJust now

न्यायाधीशलाई कुन अवस्थामा लाग्छ महाभियोग ?

महाभियोग न्यायाधीशलाई नियन्त्रण गर्ने राजनीतिक हतियार नभई न्यायिक मर्यादा, संवैधानिक अनुशासन र सार्वजनिक विश्वास कायम गर्ने अन्तिम संवैधानिक उपाय हुनुपर्छ। ...

कान्तिपुर
बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी
Latest NewsJust now

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

काठमाडौँ । इङ्गल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक कानुनी व्यवस्था लागू भएसँगै उनीहरूलाई यस्तो... ...

रातोपाटी
दुई कैदीबन्दी पक्राउ
Latest NewsJust now

दुई कैदीबन्दी पक्राउ

काठमाडौँ, कात्तिक ३० गते । केन्द्रीय कारागार सुन्धारा काठमाडौँबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुरका सुरेन्द्र भुजेल र सिन्धुलीका भीमबह... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play