ESA एउटा क्षुद्रग्रहमा यान बज्रिएपछि भएको क्षतिबारे अध्ययन गर्न अर्को अन्तरिक्ष यान उक्त स्थानमा पुगेको छ।यो एउटा विपद्मा आधारित चलचित्रको कथाजस्तै सुनिन्छ। क्षुद्रग्रहको कक्ष परिवर्तनका लागि नासाको डार्ट अन्तरिक्षयानलाई योजनाबद्ध रूपमा उक्त अन्तरिक्षको चट्टानमा सन् २०२२ मा ठोक्काइएको थियो।ठोक्काइएको नासाको यान चकानाचुर भएको थियो। त्यसको चार वर्षपछि युरोपेली अन्तरिक्ष निकाय 'ईसा'ले हेरा नाम गरेको मिशन पठाएर त्यस बेला यान बज्रिँदा परेको असरको सम्पूर्ण दृश्य बटुलिरहेको छ। पृथ्वीमा ठोकिन सक्ने ठानिएका यी चार क्षुद्रग्रह जसमाथि वैज्ञानिकहरू निगरानी गर्दै छन् पौडी पोखरी जत्रो क्षुद्रग्रह २३ वर्षपछि पृथ्वी नजिकै 'आइपुग्ने', धर्तीमा बज्रने सम्भावना कति? उक्त क्षुद्रग्रहले पृथ्वीलाई कुनै जोखिम निम्त्याउन लागेको चाहिँ थिएन। यद्यपि हाम्रो ग्रहतर्फ कुनै अन्तरिक्षको चट्टान आउने जोखिम भएको अवस्थाको प्रतिरक्षाका लागि गरिएको यो पहिलो परीक्षण थियो।"हेराले त्यो यान बज्रिएको ठाउँमा फर्किएर कस्तो असर पर्यो भन्ने अध्ययन गर्छ," ईसाको हेरा मिशनका मुख्य अनुसन्धाता प्याट्रिक माइकलले भने।चार वर्षअघि गरिएको परीक्षण दुई वटा क्षुद्रग्रहमा केन्द्रित थियो। एउटा ७३० मिटरको ठूलो आकारको क्षुद्रग्रह 'डिडिमस' थियो। अर्को त्यसलाई फन्को मारिरहेको 'डाइमोर्फस' नाम गरेको १५० मिटर चौडा सानो चट्टान थियो। डार्ट अन्तरिक्षयानले डाइमोर्फसलाई निशाना बनाएर २२ हजार किलोमिटर प्रतिघण्टाको गतिबाट ठक्कर दिएको थियो।अन्तिम समयसम्म उक्त यानले पठाइरहेका तस्बिरहरूले क्षुद्रग्रहको चट्टानी सतह झन्-झन् नजिकबाट देखाएका थिए। अनि यान ठोक्किएसँगै तस्बिर प्रसारण बन्द भएको थियो।'डार्ट' बज्रिँदा परेको असरबारे हालसम्म के थाहा छ NASA/Johns Hopkins APL यो ठक्कर यति ठूलो थियो कि त्यहाँबाट उछिट्टिएका भग्नावशेषहरू १०,००० किलोमिटर टाढासम्म फैलिएको पृथ्वी र अन्तरिक्षबाट टेलिकोस्पमा देखिएको थियो।यो ठक्करले साना क्षुद्रग्रहको बाटो परिवर्तन गर्न सकिन्छ भन्ने देखायो। पृथ्वीबाट पठाइएको यानसँग ठोक्किनुअघि डाइमोर्फसलाई डिडिमसको परिक्रमा गर्न ११ घण्टा ५५ मिनेट लागेको थियो। त्यसमा डार्ट बज्रिएपछि डाइमोर्फसले परिक्रमाका लागि लगाउने समय ३३ मिनटले घट्यो।अब दोस्रो अन्तरिक्षयान हेरा त्यहाँ पुगेपछि अझै धेरै प्रश्नहरूको उत्तर भेटिने ठानिएको छ।"डार्ट क्षुद्रग्रहमा विस्फोट भयो। त्यस कारण हामीलाई अन्तिममा के भयो भन्ने सूचना आएन," माइकल भन्छन्।"त्यो ठक्करले त्यहाँ खाडल बनेको हुन सक्छ। यदि त्यसो भएको रहेछ भने हामीले त्यो खाडलको आकार र गहिराइ बुझ्न जरुरी छ अथवा त्यसले उक्त क्षुद्रग्रहको आकार नै बदलिदियो कि?"हेरा मिशनले आगामी वर्ष डाइमोर्फसको अध्ययनमा खर्चने छ। अनि डिडिमसको पनि निगरानी गर्ने छ। क्षुद्रग्रहले पृथ्वीमा पानी र कार्बनयुक्त यौगिक ल्याइदिँदा जीवन उत्पत्ति भएको हुनसक्ने 'प्रमाण' बुध ग्रह : सौर्यमण्डलको यो सबैभन्दा रहस्यमयी ग्रहका कैयौँ गोप्य कुरा कसरी खुलासा हुँदै छन् यो अन्तरिक्षयानमा कैयौँ उपकरणहरू पठाइएका छन्। अनि जुत्ता अटाउने बक्सा जत्रो आधारमा दुई वटा स्याटलाइटहरू पनि यसमा पठाइएका छन्। तिनीहरूले पहिले नजिकबाट यान बज्रिएको ठाउँमा परेको असर अध्ययन गर्ने छन् अनि पछि उक्त क्षुद्रग्रहमै अवतरण गर्ने छन्।यो मिशनको सबैभन्दा महत्त्वपूर्ण काम डाइमोर्फसको पिण्ड नाप गर्नु र अन्तरिक्षयानको धक्का कति प्रभावकारी थियो भन्ने थाहा पाउनु पनि हुने छ। ESA भविष्यमा कुनै पनि अन्तरिक्षको चट्टान पृथ्वीमा बज्रिन आउन लागेको अवस्थामा त्यसलाई रोक्नका लागि यो सूचना अति महत्त्वपूर्ण हुने छ।"यदि हामीले अर्को क्षुद्रग्रहलाई ठक्कर दिन पर्यो भने के हुन्छ भन्ने पूर्वानुमानका लागि यसले हामीलाई सहयोग गर्छ," हेराको टोलीमा रहेका ग्रह वैज्ञानिक सिमोन ग्रीन भन्छन्।"हामीले यसको विवरण मापन गरेर भन्न सक्छौँ कि: 'हामीलाई यति पिण्डको, यति बेगको र यति छिटो अन्तरिक्षयान आवश्यक पर्छ ता कि त्यसले पृथ्वीतर्फको दिशा मोडोस्'।"पृथ्वीलाई क्षुद्रग्रहको जोखिम कति NASA/Hubble Space Telescope हाम्रो ग्रहलाई पनि क्षुद्रग्रहले उल्लेख्य जोखिम निम्त्याउन सक्छन्।एक किलोमिटरजति चौडा क्षुद्रग्रहले विश्वभरि प्रलय निम्त्याउन सक्छन्। अनि डाइमोर्फस जत्रै मध्यम आकारको क्षुद्रग्रहले पनि एउटा सहरको नामोनिशान मेटिने गरी ध्वस्त बनाइदिन सक्छन्।"डाइनोसरहरू के भए हामीलाई थाहा छ नि हैन? अनि हामीले आफूलाई पनि त्यस्तो अवस्थामा पुर्याउनु त भएन नि," डार्ट र हेरा दुवै मिशनमा काम गरेका जोन हप्किन्स अप्लाइड फिजिक्स ल्याबोरटरीका क्यारोलिन अर्न्स्ट भन्छन्।"राम्रो समाचार चाहिँ के हो भने दशौँ लाख वर्ष पहिले भन्दा अहिले क्षुद्रग्रह हाम्रो ग्रहमा बज्रने जोखिम अत्यन्तै कम छ। तर जोखिम निम्त्याउन सक्ने बस्तुहरू चाहिँ अझै छन्।" अरू ग्रहमा सूक्ष्मजीव हुने वा पृथ्वीबाट फैलिने सम्भावना कति, के तिनले हामीलाई बिरामी पार्न सक्छन् अपोलो र आर्टिमिस : पृथ्वी ५८ वर्षमा कसरी परिवर्तन भयो उनका अनुसार सबैभन्दा ठूला क्षुद्रग्रहहरू पनि पहिचान भइसकेका छन्। तर तीमध्ये कुनै पनि पृथ्वीतर्फ सोझिएका छैनन्।"धेरै साना वस्तुहरूबाट ठूलो खतरा हुँदैन। किनभने हाम्रो वायुमण्डलले हामीलाई जोगाउँछ," उनले थपिन्।"तर मध्यम आकारका केहीको अवस्थिति हामीलाई थाहा छैन। तिनीहरूमध्ये कुनै पृथ्वीसँग ठोक्किन आए मानवताका लागि खतरा उत्पन्न हुन सक्छ। यदि हामीले तिनबारे जानकारी प्राप्त गर्न सक्यौँ भने हामी त्यसलाई रोक्ने प्रयास अवश्य गर्छौँ।"२०२९ मा पृथ्वीनजिक आउँदै छ 'एपोफिस' ESA वैज्ञानिकहरू अन्तरिक्षको चट्टानबारे सकेसम्म धेरै जानकारी सङ्कलन गर्न चाहन्छन्। ब्रह्माण्डबाट हामीतर्फ हुत्तिएर आउने बस्तुको सामना गर्न सकेसम्म तयारी अवस्थामा रहन वैज्ञानिकहरूले प्रयास गरिरहेका छन्।सम्भावित खतरनाक क्षुद्रग्रहहरूको निगरानी गर्न सन् २०२७ मा नयाँ मिशन प्रक्षेपण हुन लागेको छ। त्यो मिशनमा 'निअर अर्थ अब्जेक्ट सर्भेअर' निओ नामक दूरबिन अन्तरिक्षमा पठाइनेछ।थप क्षुद्रग्रहहरूको अध्ययनका लागि पनि योजनाहरू बनेका छन्। त्यसमध्येको एक करिब ४५० मिटर लामो एपोफिस नामक क्षुद्रग्रह पनि हो। नोभेम्बर र डिसेम्बरमा किन धेरै उल्कापिण्डहरू देखिन्छन्? यसपालि शरदयामको आकाशमा देखिनेछन् यी ५ खगोलीय दृश्य एपोफिस सन् २००४ मा पत्ता लागेको थियो। पत्ता लागेको बेला यो सन् २०२९को १३ अप्रिलमा पृथ्वीमा ठोक्किन सक्ने अनुमान गरिएको थियो। तर अहिले आएर वैज्ञानिकहरूले यसको कक्ष राम्रोसँग बुझिसकेका छन् र अझै कम्तीमा १०० वर्षसम्म यो पृथ्वीमा नठोक्किने बताएका छन्। सन् २०२९ मा पृथ्वीमा ठोक्किनुको साटो यो हाम्रो सतहभन्दा ३२ हजार किलोमिटर माथिबाट पार हुनेछ।यसले वैज्ञानिकहरूलाई अन्तरिक्षको चट्टानलाई नजिकबाट अध्ययन गर्ने अर्को मौका दिने छ।एपोफिसतर्फ दुई वटा अन्तरिक्षयान पठाउने योजना छ। तीमध्ये एउटा नासाको ओसाइरस-एपेक्स हो। यसले यसअघि बेनु नाम दिइएको अर्को क्षुद्रग्रहबाट नमुना सङ्कलन गरेको थियो। अर्को ईसा र जापानको अन्तरिक्ष निकाय 'जाक्सा'को संयुक्त मिशन 'र्याम्सिज' हो।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
चार वर्षअघि क्षुद्रग्रहमा यान बज्रिँदा भएको क्षति बुझ्न अर्को यान पुग्यो

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






